काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ लामिडाँडामा घरेलु मदिरा वनाउन प्रयोग गरीने मर्चा नष्ट गरेको छ ।
अरनिको राजमार्ग स्थित लामिडाँडामा प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलिले चेकिङ्ग गर्ने क्रममा बा.प्र. ०१–००४ क १५४६ नं. को आईचरमा चेकजाँच गर्दा अवैध रुपमा लैजान लागेको १५ बट्टा कार्टुन भित्र १ हजार २ सय वटा घरेलु मदिरा बनाउने कच्चापदार्थ (मर्चा ) नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिएको मर्चा आज ( आईतवार) जिल्ला समन्वय समितिका सदस्य तथा पाँचखाल नगरपालिका वडा नं. ४ का वडा सदस्य निर बहादुर लामा र स्थानिय समाजसेवी बुद्धिजिवीहरुको रोहबरमा नष्ट गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस