२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

करेन्ट लागेर एकै घरमा तीनको मृत्यु


७७२३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० चैत्र १०, शनिबार मा प्रकाशित ८ महिना अघि
  • १० चैत, दाङ । दाङ देउखुरीको राप्ती गाउँपालिकामा विद्युतको तार चुँडिएर करेन्ट लाग्दा एकै घरका तीन जनाको मृत्यु भएको छ ।

    आज (शनिबार) दिउँसो करिब सवा २ बजेतिर विद्युत्को तार चुडिएर करेन्ट लाग्दा राप्ती गाउँपालिका वडानम्बर ३ का ६० वर्षीय गाेरखबहादुर केसी, उनकी श्रीमती ५५ वर्षीया दिलसरा र उनीहरूका चार वर्षीय नाती कृष्णको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

    घर अगाडि खेलिरहेका नातीलाई करेन्ट लागेपछि बचाउन गएका हजुरआमा र हजुरबुबालाई पनि करेन्ट लागेको थियो ।

    करेन्ट लागेर तीनैजना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये हजुरआमा र नातीको लमही अस्पतालमा र हजुरबुबाको बुटवलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक उज्वलबहादुर सिंहले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार