१२ वैशाख, जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिकामा आगलागी हुँदा करिब १०० भन्दा बढी घरगोठ जलेका छन् । मटिहानी नगरपालिका-६ जरलहवागाछी भगवती टोलमा दिउँसो १ बजे सल्किएको आगलागीले बस्ती नै सखाप पारेको हो ।
१० वटा वारुणयन्त्र, तीनसय बढी सुरक्षाकर्मी, स्काइभेटर लगायत गाउँलेको सहयोगमा ६ घण्टापछि आगो नियन्त्रणमा आएको छ ।
धानुक, मुस्लिम, पासवान, मलाह, बिन समुदायको बसोबास रहेकव विपन्न वस्तीमा तातो हावा चलेको बेला आगलागी हुँदा नियन्त्रण बाहिर गएको थियो । यहाँका अधिकांश घर काठले बनेका र जस्तापाताको छानो भएका थिए ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले अहिलेसम्म ९२ घर जलेको विवरण संकलन भएको बताए । उनले थप विवरण संकलन कार्य भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस