काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका वडा नं.९ काभ्रेभञ्ज्याङ स्थित बि.पि.राजमार्ग सडक खण्डमा सवारी साधनहरु चेकजाँचको क्रममा भन्सार छली ल्याएको सामान प्रहरीले बरामद गरेको छ ।
सवारी साधन चेक जाँचको लागि सडकमा खटेको प्रहरी टोलीले रामेछाप मन्थली बाट काठमाण्डौ तर्फ सँगै आउदै गरेको बा प्र ०७–००१ ज ०००४ नं को इ.भि गाडी रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीको छतमा बोराहरुमा कपडाहरू राखी ल्याईरहेको अवस्थामा अनलाईन बिल नरहेको, कम मुल्य राखेको बिल भएकोले उक्त सामानहरु बरामद गरी त्रिभुवन बिमानस्थल भन्सार कार्यालय, गौचर, काठमाण्डौं मा बुझाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभे्रका अनुसार बरामद गरिएको सामानमा धोती सारी १०२ पिस , लेहङ्गा ४२ पिस , पातलो जाली भित्री कपडा ४० पिस ,थानको कपडा १२ पिस रहेको थियो ।
प्रतिक्रिया दिनुहोस