चौंरीदेउराली– काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाले विद्युतिय चुलो वितरण गर्ने भएको छ । गाउँपालिकाको नविकरणिय उर्जा प्रविधि जडान कार्यक्रम अन्तर्गत गाउँपालिकाले २ हजार धरधुरीलाई सो चोलो वितरण गर्न लागेको हो ।
गाउँपालिका भित्रमा २००० (दुई हजार) घरधुरीका नागरिकहरुलाई रु ५००– (रु पाँच सय प्रति सेट) लागत साझेदारीमा वितरण गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले जानकारी दिए । उनका अनुसार गाउँकार्यपालिकाको मिति २०८१/०२/०४ गतेको बैठकले विद्युतिय चुलो वितरण गर्ने निर्णय गरेको थियो ।
गाउँपालिका भित्रका ईच्छुक व्यक्तिहरुले १५ दिन भित्र सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्न एक सूचना जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत लामाले अनुरोध गरेका छन् ।
सो निवेदनको लागि नागरिकता प्रमाणपत्रको प्रतिलिपि, लागत साझेदारी गर्ने प्रतिबद्धता सहितको निवेदन, पासपोर्ट साईजको फोटो १ थान समावेश गर्न सूचनामा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस