२०८१ भाद्र ३१, सोमबार | Mon, 16, Sep, 2024

अरनिको राजमार्ग धुलिखेल खावा आज र भोली दिउसो बन्द, तिब्र गतिमा स्तरोन्नती कार्य (भिडियो सहित)


१०५३१ पाठक संख्या
  • २०८१ जेष्ठ १२, शनिबार मा प्रकाशित ३ महिना अघि
  • काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग खण्ड धुलिखेल खावा सडक आज शनिबार दिउसो ११ बजेबाट ४ बजे सम्म र भोली आईतबार ११ बजेबाट ३ बजे सम्म बन्द हुनेभएको छ ।

    आज सडक डिभिजन कार्यालय भक्तपुरले एक सुचना जारी गर्दै उक्त जानकारी गराएको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकमा जेठ ७ गते सरोकारवालाहरुसंगको छफल पस्चात भएको निर्णय अनुसार सडक बन्द गरिएको सुचनामा उल्लेख भएको छ ।

    बर्षातको मौसम भित्रदै गर्दा सडकमा थप समस्या आउने संभावना भएकोले सडक मर्मतसंभार कार्यलाई छिटो सम्पन्न गर्नको लागि जिल्ला समन्वय समिति , जिल्ला प्रशासन कार्यालय , बिभिन्न राजनीतिक दल , यातायात व्यवसायी , मजदुर संघ , जनप्रतिनिधिहरु , संञ्चार कर्मी , सुरक्षा निकाय , निर्माण व्यवसायी समेतको उपस्थितिमा भएको छलफलको निर्णय अनुसार सडक बन्द गरिएको हो ।

    छलफल बाट आगामी असार १८ गते सम्ममा ४ किलोमिटर मध्य ३ किलोमिटर कालोपत्रे गर्ने सहमत भएको हो । सो सहमती अनुसार कार्य सम्पन्न गर्नको लागि केहि दिनको लागि दिउसोको समयमा बाटो बन्द गर्नुपर्ने माग राखेका थिए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार