२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

गड्यौले मल प्रयोग गर्दा रासायनिक मल चाहिदैन—प्राबिधिक


८८६७ पाठक संख्या
  • २०८१ अषाढ १६, आईतबार मा प्रकाशित ४ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं २ रातो पहिरोमा गड्यौला मल (भर्मिन कम्पोष्ट मल) उद्योग सञ्चालनमा आएको छ ।

    रासायनिक मल तथा विषादी न्युनिकरन गर्ने प्रमुख उद्देश्यका साथ सञ्चालनमा अएको उद्योग संञ्चालनको लागि कृषि तथा पशुपंछी उद्देमशिलता विकास कार्यक्रम अन्तर्गत नेपाल सरकार कृषि तथा पशुपंछी विकस मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मार्फत गड्यौला मल उत्पादनको लागि भर्मिन सेट निर्माणको लागि ४ लाख अनुदान उपलब्ध गराएको थियो ।

    भक्रमदेवी गाईपालन तथा अर्गानिक तरकारी फर्मले सञ्चालन गरेको उक्त आयोजनाको सुरुवात ०८१ साल बैशाख २७ गतेबाट भएको थियोे । असार १० गतेबाट मलको उत्पादन सुरुभएको प्रोपाईटर बिष्णु प्रसाद गौतमले जानकारी गराउनु भयो ।

    प्रोपाईटर गौतमका अनुसार पाँचखालमा उत्पादन हुने तरकारीमा बिषादी तथा रासायनिक मलको न्यूनिकरण गर्ने उद्देश्यले भर्मिन कम्पोष्ट मल उद्योगको सुरुवात गरेको हो । गाई भैसी फर्म विगतबाटै सञ्चालन गरेको थिए , लव ग्रीन नेपाल नामक संस्थाले आइ.पि.एम तरिकाले तरकारी खेती गर्ने बिषयमा सञ्चालन गरेको पाठशालामा सहभागि हुँदा बिषादी तथा रासायनिक मल न्यूनिकरन गर्नु पर्ने रहेछ भन्ने होस खुल्यो ।

    भर्मिन कम्पोष्ट मल कसरी वनाउने रहेछ भनेर अध्ययनको लागि भौतारिदै गर्दा हेटौडामा पुगीयो केही ज्ञान पनि हासिल गरे र सोही ठाउबाट प्रति किलो १ हजार ५ सयका दरले ७५ किलो गड्यौला किनेर ल्याए र काम सुरुगरे । अहिले मल उत्पादन सुरु भएको छ , परिक्षणबाट नतिजापनि राम्रो आएको छ । मलको मुल्य प्रतिकिलो ४० र गड्यौलाको मुल्य प्रतिकिलो १ हजार ५ सय भएपनि पाँचखालको लागि मल प्रति किलो २५ रुपैयामा , गड्यौला प्रति किलो १ हजारमा बिक्रि गर्दै आएको छु । प्रो.गौतमले थप्नुभयो ।

    पाँचखाल नगरपालिका कृषि शाखाका कृषिप्राबिधिक ज्ञानेन्द्र दाहल र लवग्रीन नेपालका आइ.पि.एम मास्टर एवं कृषि प्राविधिक देवि प्रसाद गौतमका अनुसार गड्यौले मल ठिक तरिकाले प्रयोग गर्दा रासायनिक मल र बिषादीको प्रयोग गर्नु पर्दैन ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार