२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

तरकारी खेतीमा धेरै विषादी प्रयोग गरे घरमा प्रहरी आउन सक्छ —दनुवार


२५६११ पाठक संख्या
  • २०८१ अषाढ १६, आईतबार मा प्रकाशित ४ महिना अघि
  • काभ्रेपलाञ्चोक । सिकेको कुरा व्यवहारमा उतार्नोस हामी साथ दिन्छौं तर सिकेर घरमा गएपछी व्यवहारमा नउतार्ने हो भने सिक्नुको कुनै अर्थ रहन्न । अर्थहिन क्षेत्रमा लगानि गर्नु भनेको नेपाली जनताले तिरेको करको दुरुपयोग हो ।

    उक्त भनाई पाँचखाल नगरपालिका उप प्रमुख सुर्य माया दनुवारले शनिबार गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत गुन्द्रुक , अचार , क्याण्डि अचार बनाउने ५ दिने तालिमको समापन कार्यक्रममा बताउनु भएको हो ।

    कार्यक्रम समापन गर्दै प्रमुख अतिथि उपप्रमुख दनुवारले थप्नुभयो — महिला उद्येमिहरुको प्रोफइल बनाएका छौं, सोही आधारमा हामी नगरपालिका अगाडि बढ्दै छौं । महिला उद्येमिहरुलाई नगरपालिकाले साथ दिदै आत्मनिर्भर बनाउने विषयलाई प्राथमिकता दिदै आएको छ । नगर मार्फत बिभिन्न तालिमहरु समेत प्रदान गर्दै आएका छौं तालिम तालिममा मात्रै सिमित हुनु हुदैन ।

    पाँचखालमा उत्पादन भएको ताजा तरकारी तथा फलफुल बाट अचार वनाउन सकिन्छ । अचारको लागि चाहिने कच्चा पदार्थ लिन अन्यत्र जानु पर्दैन । स्वच्छ साथै गुणस्तरिय सामान उत्पादन हुँदा बजारको समस्या रहन्न । तपाईहरु घरमै बसेर उत्पादन गर्नोस बजारको वातावरण हामी मिलाई दिन्छौं । उपप्रमुख दनुवारले भन्नुभयो ।

    गुणस्तरीय अचार उत्पादन गर्न पाँचखालमा उत्पादन हुने ताजा तरकारी तथा फलफुल स्वच्छ हुनुपर्छ । स्वच्छ हुनको लागि अनावश्यक मात्रामा बिषादी प्रयोग गर्न हुँदैन । पाँचखाल आइ.पि.एम मय हुदैछ , जुन तरिकाले खेती गर्दा रासायनिक बिषादिको प्रयोग हुँदैन । हाल पाँचखालमा करिव ३ हजार कृषकले आइ.पि.एम तरिकाले खेती गर्दैछन् । जुन तरिकाले गरेको उत्पादनमा बिषादीको मात्रा छैन ।

    आइ.पि.एम तरिकाले गरेको खेतीबाट उत्पादन भएको तरकारीहरु समय समयमा प्रयोगशालामा पठाएर परिक्षण गर्ने गरेका छौं । परिक्षण गर्दा नतिजा धेरै राम्रो आएको छ । कसैले झुक्याउन खोजे कृषकको घरमा सचेत गराउन प्रहरी समेत आउन सक्छ । त्यसैले तरकारी खेतीमा मात्र होईन अचार बनाउदा पनि मानव स्वास्थ्यलाई मध्यनजर राख्दै अगाडि बढ्न सुझाव दिनुभयो ।

    तालिम समापन कार्यक्रमका सभाध्यक्ष एवं पाँचखाल नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारीले भन्नुभयो—पाँचखालमा जे जति तालिम दिइन्छ सो व्यवहारमा उत्रनु पर्छ । जव तालिममा गरेको लगानि खेर जादैन तव नगरपालिका र वडा लाई समेत जागर चल्छ । तालिमबाट ज्ञान हासिल गर्दै व्यवसायि हुदै गर्दा केही समस्या परेमा सघाउन तयार छौं । उहाँले थप्नु भयो “म विन्ति गर्छु , तपाईहरु दुइवटा डुङ्गा चड्ने कोसिस नगर्नोस । एउटै सेक्टरमा लाग्नोस तपाई सफल हुनुहुन्छ ।”पाँचखालमा उत्पादन हुने फलफुल तथा ताजा तरकारीलाई अचार बनाउंदै पाँचखाल गुणस्तरीय अचार पाउंने स्थानको रुपमा परिचित गराउनोस । प्रशिक्षार्थीहरुलाई हौसला प्रदान गर्दै सभाध्यक्ष एवं वडा अध्यक्ष अधिकारीले आफ्नो धारणा राख्नुभएको थियो ।

    पाँचखाल नगरपालिकाको आयोजनामा गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत सञ्चालित उक्त ५ दिने तालिममा पाँचखाल वडा नं ६ , ३ र ४ बाट गरी १६ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । तालिमको लागि निवेदन परेकाहरु मध्य सक्षम साथै लक्षित बर्गको छनोट गरि सहभागि गराईएको गृहिणी महिला सशक्तिकरण कार्यक्रम पाँचखाल नगर संयोजक मन्दिरा लुईटेलले जानकारी गराउनु भयो ।

    १ लाख १३ हजार वजेटमा सञ्चालित तालिममा सहभागि प्रशिक्षार्थिहरुले तालिमको बारेमा आ—आफ्नो धारण राख्नुभएको थियो । उहाँहरुले तालिम अत्यन्तै व्यवस्थित तथा ज्ञानबद्र्धक भएको वताउदै खुसि व्यक्त गर्नुभएको थियो । ५ दिनमा धेरै ज्ञान हासिल गरेउ तर व्यवसायिक ढंगबाट अगाडि बढ्न अलि नपुगेको बताउँदै पुन यस्तो तालिम सञ्चालन गरेर थप ज्ञान हासिल गर्न सके हामी व्यवसाय सञ्चालन गर्न सक्षम हुने छौं । प्रशिक्षर्थिहरुको तर्क थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार