२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

काभ्रेपलाञ्चोकमा बुवालाइ मारेर झुण्ड्याएको आशंकामा छोरा पक्राऊ


२९२७७ पाठक संख्या
  • २०८१ अषाढ १७, सोमबार मा प्रकाशित ४ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाउँपालिका वडा नं ७ चापाखोरी बस्ने बर्ष ६५ को टुल्कु लामा मृत अवस्थामा भेटिएका थिए ।

    टुल्कुका छोरा मिलन लामाले प्रहरीलाई जानकारी गराए अनुसार असार ५ गतेका दिन मादक पदार्थ सेवन गरी घरमा आएकोमा खाना खाने बेलामा घरमा नरहेकोले खोज तलास गर्ने क्रममा साँझ ९ //३० बजेको समयमा घर देखी अं.५० मिटर टाढा रहेको आफ्नै खरबारीमा रहेको अमलाको रुखमा कपडाले बाटेको डोरिको पासो लगाई झुण्डिरहेको अवस्थामा फेला परेको थियो ।

    छोरा मिलनले प्रहरीलाई भने — बाच्छ की भनि डोरी फुकाई सोही स्थानमा भुईमा राखेकोमा हेर्दा मृत्यु भईसकेको रहेछ । घटनास्थलमा खटेको प्रहरी टोलीले घटनास्थल मुचुल्का लगाएतको कार्य सम्पन्न गरी मृत शवलाई धुलिखेल अस्पतालको शवगृहमा राखी मृतकको छोरा मिलन लामाले झुण्डि मृत्यु ज्यान मुद्धा शिर्षकमा जाहेरी दरखास्त पेश गरेपछि पोष्टमार्टम भएको थियो ।

    पोष्टमार्टम पश्चात मृत शव सदगतको लागी जाहेरवालाले जिम्मा बुझी लगी थप अनुसन्धान कार्य भईरहेको अवस्थामा प्राप्त हुन आएको मृतकको शव परिक्षण प्रतिबेदनमा र तत्काल घटनास्थलमा गाउँलेहरु गई हेर्दा मृतक टुल्कु लामा झुण्डिएको अवस्थामा नभई अमलाको फेदमा शव देखिएको र शवको टाउकोको कन्चट, टाउको पछाडी अं.३ ईन्च ठुलो घाउ र शरिरभरी ठुलो ठुलो घाउ चोट हुने गरी प्रत्यक्ष देखिएको हुनाले निजको मृत्यु रहस्यमय ढंगले भएको भनी स्थानियले असार १२ गते निबेदन दर्ता गराएका थिए ।

    पोष्टमार्टम रिपोर्ट र स्थानियको निवेदनलाई मध्यनजर राख्दै मृतकको छोरा मिलन लामालाई खोजतलास गर्ने क्रममा असार १३ गते दिउसो १ बजेको समयमा निजको घरवाटै नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । पक्राउ गर्ने क्रममा मिलनको साडुभाई नाता पर्ने रोशी गाउँपालिका वडा नं.९ बस्ने बर्ष २६ को अर्जुन तामाङ समेतलाई पक्राउ गरि ज्यान सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार