२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

आँखा तरेको भन्दै छुरा प्रहार, तीन जना पक्राऊ


९६२१ पाठक संख्या
  • २०८१ अषाढ २२, शनिबार मा प्रकाशित ४ महिना अघि
  • रौतहट । रौतहटको सदरमुकाम गौरमा आँखा तरेर हेरेको निहुँमा दुई किशोरमाथि छुरा प्रहार भएको छ । हत्या गर्ने उद्देश्यले छुरा प्रहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा ईशनाथ नगरपालिका-९ बस्ने १८ वर्षीय सञ्जीव गुप्ता, २१ वर्षीय प्रदीप साह र परोहा नगरपालिका-९ बस्ने १८ वर्षीय शिवमकुमार सहनी रहेका छन् । गुप्ताको समूह र गौर नगरपालिका-३ बस्ने १६ वर्षीय सुरजप्रसाद यादव र सोही ठाउँ घर भई मित्र मेमोरियल कलेजमा अध्ययनरत १६ वर्षीय अभिनाश कुमार यादवबिच विवाद भएको थियो ।

    केही दिन अघि विद्यालय पढ्न जाँदा एकले अर्कालाई आँखा तरेर हेरेको निहुँमा रिसिइबी भएको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डीएसपी एलिजा गिरीका अनुसार सोही रिसिइबीको कारणले बिहीबार राति सवा ८ बजे उनीहरूमाथि छुरा प्रहार भएको हो ।

    छुरा प्रहार गरी गम्भीर घाइते बनाएर उनीहरू फरार भएको प्रवक्ता गिरीले जानकारी दिइन्। उनीहरूलाई खोजतलास गर्दै जाँदा घरकै कोठामा फेला पारी उनीहरूलाई  पक्राउ गरिएको थियो ।तीनै जनामाथि ज्यान मार्ने उद्योग मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद थप भएको छ । यसबारे अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार