२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

पाँचखाल नगरको बजेट ९५ करोड ९१ लाख


५१७५ पाठक संख्या
  • २०८१ अषाढ ३१, सोमबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाको पन्ध्रौं नगरसभाको दोस्रो बैठक सम्पन्न भएको छ । बैठकबाट आ.व ०८१/०८२ को लागि बजेट विनियोजन गरिएको छ ।

    नगर प्रमुख महेश खरेलको सभाध्यक्षता नगरका प्रमुख प्रशासकिय अधिकृत अच्युत राज रेग्मीको उपस्थितिमा सम्पन्न उक्त बैठकबाट नगर उपप्रमुख सुर्य माया दनुवारले ९५ करोड ९१ लाख ७५ हजार बजेज विनियोजन गर्नुभएको हो ।

    जसमा प्रशासनिक चालु तर्फ १५ करोड , ०८०/०८१ को दायित्व टेन्डर तर्फ १ करोड ८५ लाख ८० हजार , विपद व्यवस्थापन कोष ५० लाख , नगरस्तरीय आकस्मिक योजना १ करोड, संघीय समपुरक योजना १ करोड ५ लाख , प्रदेश समपुरक योजना ३ करोड , अन्य समपुरक म्याचिङ १ करोड , आकस्मिक मर्मत सम्भार कोष ५० लाख , नगरस्तरीय योजना तथा कार्यक्रम २० करोड ३३ लाख , वडास्तरीय योजना तथा कार्यक्रम ५ करोड २० लाख, बिषयगत क्षेत्रगत शाखागत कार्यक्रम ७ करोड ५२ लाख शशर्त योजना, कार्यक्रम,समपुरक बिशेष ३८ करोड ५५ लाख ७७ हजार रहेको छ ।

    नगरपालिकाले जारी गरेको वजेट व्यवस्थापनको लागि बजेट स्रोतको अनुमान गरिएको छ । जसमा संघिय सरकार शशर्त अनुदान ३१ करोड १७ हजार , संघिय सरकार समपुरक अनुदान पुँजीगत १ करोड ५ लाख , प्रदेश सरकार सशर्त जनुदान २ करोड ८० लाख ६० हजार , प्रदेश सरकार विशेष अनुदान ७० लाख , प्रदेश सरकार समपुरक अनुदान पुजीँगत ३ करोड , सडक बोर्ड ४० लाख ,संघिय सरकार राजश्व बाँडफाँड १० करोड ६६ लाख , संघिय सरकार समानिकरण अनुदान १२ करोड ४४ लाख , प्रदेश सरकार समानिकरण अनुदान १ करोड २५ लाख ४८ हजार , प्रदेश सरकार राजश्व बाँडफाँड ९ करोड ३ लाख २५ हजार , अल्या १० करोड ५० लाख , आन्तरिक स्रोत ४ करोड ४० लाख, विविध स्रोत ८ करोड ६७ लाख ७ हजार रहेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु