काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं १२ जन्ते ढुंङ्गा बस्ने बर्ष १७ को गोमाल तमाङलाई बञ्चरो प्रहार गर्दा गम्भीर घाईते भएका छन् ।
साउन २ (हिजो) साँझ ८ः२० बजेको समयमा काभ्रेपलाञ्चोक जिल्ला खानिखोला गाउपालिका वडा नं १ घर भई पनौति नगरपालिका वडा नं ४ मा डेरा गरी बस्ने बर्ष १६ को फुच्चे तामाङ, बर्ष १५ को पन्चे तामाङ र बर्ष १५ को सुबास तामाङ समेत भइ मा.प.से. गरी भनाभन हुदा एक्कासि बन्चरो प्रहार गर्दा गोपाल तामाङको दाँया पातामा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाईते भई उपचारको लागी बनेपा शिर मेमोरियल अस्पताल बनेपा पठाएको, अवस्था गम्भीर रहेको । बन्चरो प्रहार गर्ने ३ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इ.प्र.का. बनेपामा राखिएको ।
प्रतिक्रिया दिनुहोस