२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

पाँचखाल नगरले राजस्वमा जरिवाना छुटको व्यवस्था


१४५३५ पाठक संख्या
  • २०८१ श्रावण ३, बिहिबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाले नगरवासीको हितको खातिर लामो समयदेखि तिरो तिर्न बाँकी करदाताहरूलाई मध्यनजर राख्दै आर्थिक बिधेयक माफर्त विशेष व्यवस्था गरी जरिवाना छुट गरिएको हो ।

    पाँचखाल नगरपालिकाको आर्थिक विधेयक २०८१ को दफा २६ मा सम्पत्ति कर ‚ भूमिकर‚ बहाल कर ‚ व्यवसाय कर ‚ सबारीसाधन कर ‚ नक्सापास दस्तुर लगायतका कर बुझाउने सम्बन्धी विशेष व्यवस्था अन्तरगत नगरपालिका स्थापना भएदेखि वा सो भन्दा अगाडि देखि हालसम्मको जुनसुकै प्रकारको लगती बक्यौता करहरूमा साउन एक महिनाको लागि जरिवाना सत प्रतिशत छुट गरिएको पाँचखाल नगरपालिका राजस्व शाखा प्रमुख सन्तोष पौडेलले जानकारी गराउनु भयो ।

    करमा जरिवाना छुटको विषयमा नगरका प्रमुख प्रशासकीय अधिकृत अच्युत राज रेग्मीले भन्नुभयो – प्रमुख साथै जनप्रतिनिधिहरूको पहल र सुझावको आधारमा कर छुटको व्यवस्था गरिएको छ । नगरमा रहेका १३ वटै वडा कार्यालय तथा नगरको राजस्व शाखामा कर तिर्दा छुटको व्यवस्था मिलाइएको छ । साउन १ गतेबाट साउन ३२ गते सम्ममा जतिजनाले कर तिर्नुहुन्छ त्यति सबैजनाले जरिवानामा छुट पाउनु हुन्छ । भदौ १ गतेबाट भने जरिवानामा छुट हुनै छैन । यो छुटको सुविधा साउन १ महिनाको लागि मात्रै प्रदान गरिएको छ । त्यसैले हामी सबैको चाहना भनेको नगरको तफर्बाट प्रदान गरेको अवसरको फाइदा सबै नगरवासीले लिनु पर्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु