२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

पनौती नगरपालिका पूर्णखोप सुनिश्चित पालिका


४३९५ पाठक संख्या
  • २०८१ श्रावण ५, शनिबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । राष्ट्रिय खोप निर्देशिकाअनुसार सम्पूर्ण प्रक्रिया पूरा गरेपछि काभ्रे जिल्लाको पनौती नगरपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको छ । नगरप्रमुख रामशरण भण्डारीले एक कार्यक्रमका बीच नगरपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरेका हुन् ।

    राष्ट्रिय खोप निर्देशिकाअनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी जन्मदेखि १५ महिना र १६ देखि ५९ महिनामुनीका सम्पूर्ण बालबालिकालाई सबै खोप लगाएकोले पनौती नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको नगरप्रमुख भण्डारीले जानकारी दिए ।

    कार्यक्रममा नगरप्रमुख भण्डारीले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र मानवीय विकासको क्षेत्रमा नगरपालिका एक कदम अगाडि रहेको बताए । उनका अनुसार, पालिकालाई पूर्णखोप सुनिश्चित बनाउन स्वास्थ्य क्षेत्रमा कार्यरत सबै स्वास्थ्यकर्मीको योगदान अतुलनीय रहेको छ ।

    कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक एवं समन्वय समिति प्रमुख दिपककुमार गौतमले नगर प्रमुख भण्डारीलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु