२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

दुई ठुला दल एकै ठाउँमा उभिएकाले उनीहरुलाई गल्ती गर्ने छुट छैन : कोइराला


४३१७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ श्रावण ६, आईतबार मा प्रकाशित १ महिना अघि
  • काठमाडौँ — नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दुई ठुला दल एकै ठाउँमा उभिएकाले उनीहरुलाई गल्ती गर्ने छुट नभएको बताएका छन् । अब जनताले सुशासनको अनुभुति हुने गरी सरकारले काम गर्नुपर्ने उनले बताए । अहिलेको गठबन्धनले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश दिएकोले कांग्रेस र एमाले सचेत हुनुपर्नेमा पनि उनको राय थियो ।

    देशको अहिलेको परिस्थिति अत्यन्तै खराब रहेको बताउँदै कोइरालाले भने, ‘अब पनि दुई ठुला दलले गल्ती गरे र जनताको भावना बुझ्न सकेनन् भने देश नै कोल्याप्स गर्न पनि सक्छ ।’ उनले कांग्रेस सरकारमा छ भनेर सरकारले गरेका सबै काम ठिक छ भनेर चुप लागेर बस्न नसक्ने उनले बताए ।

    ‘यदि मन्त्रीहरुले गलत काम गरे तिनको आलोचना र बिरोध गर्नुपर्छ । जनभावना बिरोधी काम गर्ने छुट न त प्रधानमन्त्रीलाई छ, न मन्त्रीलाई छ,’ उनले भने । वीपी कोइरालाको ४२औँ स्मृति दिवसको अवसरमा वीपी स्मृति सामुदायिक सहकारी अस्पतालले काठमाडौंमा आयोजना गरेको स्मृति सभालाई सम्बोधन गर्दै कांग्रेस नेता कोइराला वीपी कोइरालाको सिद्धान्त अनुसार कांग्रेसका नेता एवं कार्यकर्ता हिड्न नसकेको बताए ।

    ‘हिजो पश्चिमको साथीलाई चोट लाग्दा पुर्वको साथीलाई दुख्थ्यो । पुर्वको साथीको पीडाले पश्चिमको साथीलाई पोल्थ्यो, हामी आफुलाई वीपीका अनुयायी भन्छौं तर स्वार्थमा परेर आफू-आफुमै लड्छौं। वीपीले त यस्तो कहिल्यै सिकाउँनु भएन । हिजोको त्यो आत्मियता कहाँ गयो ?,’ कोइरालाले प्रश्न गरे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु