२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

घूससहित अस्पतालकी लेखा अधिकृत नियन्त्रणमा


४९९३ पाठक संख्या
  • २०८१ श्रावण ७, सोमबार मा प्रकाशित १ महिना अघि
  • काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख घूससहित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृतलाई नियन्त्रणमा लिएको छ ।

    अस्पतालमा कार्यरत लेखा अधिकृत अमृता कोइरालालाई आइतबार १ लाख ५० हजार नगद र ४ लाख ५० हजारको चेकसहित नियन्त्रणमा लिएको आयोगले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

    विज्ञप्तिअनुसार कोइरालाले औषधि आपूर्तिको बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग घूस लिएकी हुन् । उनलाई आयोगको हेटौंडाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु