२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

काभ्रेपलाञ्चोकमा जुवा खेल्ने छ जनालाई पक्राऊ


६६५७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ श्रावण ७, सोमबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं ७ स्थित दुर्गा वहादुर घलानको घरमा जुवा तास खेलदै गरेको सुचनाको आधारमा प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कारवाही अगाडि बढाएको छ ।

    आज सोमबार दिउसो ३ बजेको समयमा पनौती बसपार्क पछाडी दुर्गा बहादुर घलानको घरमा जुवा तास खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी टोलीले जुवा तास खल्ने घर धनि सहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी गराएको छ ।

    प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा जुवा तास खेल्दै गरेको घर धनी जिल्ला पनौती नगरपालिका वडा नं. ७ बस्ने दुर्गा बहादुर घलान , पनौती नगरपालिका वडा नं. ६ बस्ने बुद्ध तामाङ , पनौती नगरपालिका वडा नं. २ बस्ने सुकुराम तामाङ , पनौती नगरपालिका वडा नं. २ बस्ने दिपक हुमागाई , बेथानचोक गाउँपालिका वडा नं. ४ बस्ने नवराज तामाङ र खानीखोला गाउँपालिका वडा नं. ७ बस्ने सन्तलाल स्याङतान रहेका छन् ।

    जुवा तास खेल्दै गरेको खालबाट नगद २३ हजार ३ सय पचपन्न र तास प्रहरीले फेलापारेका थिए । उनिहरुलाई पक्राउ पुर्जी दिई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय काभ्रेमा ल्याई थप अनुशन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु