२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

देलखामा ७५ बर्षिय महिलाको हत्या भएको आशंका


३८४९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ श्रावण १०, बिहिबार मा प्रकाशित १ महिना अघि
  • काठमाडौँ । दोलखाको कालिञ्चोकमा ७५ वर्षीया महिला मृत अवस्थामा भेटिएकी छन् । कालिञ्चोक गाउँपालिका–६ स्थित पाटागाउँमा पदम कुमारी सुनुवार मृत अवस्थामा भेटिएकी हुन् ।

    घरमा घोप्टो परेको अवस्थामा शव भेटिएको दोलखाका डीएसपी युवराज खड्काले बताए । शव नजिकै रगत लागेको अवस्थामा खुकुरी भेटिएको छ ।

    अनुसन्धानका लागि हेटौंबाट तालिमप्राप्त कुकुर मगाइएको डीएसपी खड्काले जानकारी दिए । घटनाबारे बिहान पौने १० बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । हत्या आशंकामा प्रहरीले घटनास्थल सिल गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु