२०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024

अनलाइनमार्फत ८४ लाख ठगेको आरोपमा पक्राउ


१५६७९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ श्रावण १४, सोमबार मा प्रकाशित २ महिना अघि
  • काठमाडौँ । अनलाइन माध्यमबाट ‘क्यानडा सपना’ देखाएर ठगको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा घर भएर ललितपुर बस्ने २३ वर्षीय पुरुषोत्तम भण्डारी छन् ।

    आरोपीले ८४ लाख १५ हजार ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए । उनले सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’को दुरुपयोग गरेर रकम ठगेका हुन् ।

    ‘क्यानडा लैजान्छु’ भनेर उनले पीडितहरूलाई विभिन्न व्यक्तिहरूको बैंक खातामा रकम हाल्न लगाएर ठगेको अनुसन्धानबाट थाहा भएको छ । साउन ११ मा उनलाई कोटेश्वरबाट पक्राउ गरेर कानुनी कारवाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी आचार्यले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार