२०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024

अनलाइन जुवा खेलाउने काभ्रेपलाञ्चोकको युवा पक्राऊ


९९८५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ श्रावण १६, बुधबार मा प्रकाशित २ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं ६ घर भई पनौती नगरपालिका वडा नं ५ धनेश्वरमा रहेको शेष रमण न्यौपानेको घर कोठामा कोठा भाडामा लिई बस्ने युवालाई अनलाईन जुवा खेलाएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका आनुसार साउन १५ गते राती १० बजेको समयमा विशेष सुचनाको आधारमा पाँचखाल नगरपालिका वडा नं ६ घर भएको वर्ष ३० को सुजन श्रेष्ठको कोठामा गई खानतलासी गर्दा निजले Online Casino  खेलाइराखेको अवस्थामा फेला पारेको हो ।

    सुजनले कसूर गर्न प्रयोग गरेको तीन थान मोवाइल रीत पुर्वक बरामद गरी निज कसूरदारलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा बुझाएको छ । निजले म्यासेन्जर बाट विदेशमा भएका नागरिकहरुलाई मेसेज गरी गेम खेल्ने नखेल्ने सोध्ने गरेको खेल्न ईच्छुक भएमा निजहरुको एकाउन्ट बनाइदिने⁠ एकाउन्ट बनेपछी क्यास ट्याग (QR code) पठाउने र सोहि बाट क्यास एपमा पैसा जम्मा हुने ,प्लेयरहरुले क्यास एपमा पठाएको पैसालाई क्यासिनो सम्बन्धी बिभिन्न गेमको app हरुमा coin राखिदिने क्यास एप भाडामा दिएर पर्सेन्ट लिने गरेको कुरा खुल्न आएको छ ।

    निज सुजन श्रेष्ठले Milki way, fire krin, juwa, vegas sweeps, game vault ,orion जस्ता एपहरुबाट जुवा खेलाउने गरेकोले कानुनी प्रकृया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार