२०८१ भाद्र ३१, सोमबार | Mon, 16, Sep, 2024

छिमेकी छिमेकी बिच झगडा एकको मृत्यु ६ जना घाइते


७३५९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ श्रावण १६, बुधबार मा प्रकाशित १ महिना अघि
  • १६ साउन, काठमाडौं । काठमाडौंको २ नम्बर गल्लीमा भएको झडपमा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

    प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१७ पोडेटोलस्थित २ नम्बर गल्लीमा छिमेकी छिमेकीबीच विजाद भएको थियो । त्यसक्रमा धारिलो हतियार प्रहार हुँदा ३३ वर्षका अनित पुनारीको मृत्यु भएको छ ।

    घटनामा स्थानीय सुबिन्द्र पोडे, किरण पुजारी, दिनेश पुजारी, माया पुजारी, विक्रम पुजारी, अमृत पुजारी घाइते भएका छन् । उनीहरुको शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार भइरहेको छ ।

    घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । सुजल देउला, अमृत पुजारी, सागर देउला, रबिन्द्र पोडे, कलेनी पुजारी, टिकामाया पुजारी र सञ्जाली पुजारी प्रहरी बृत्त लैनचौरको नियन्त्रणमा छन् । घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी बृत्त लैनचौरले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार