२०८१ भाद्र ३१, सोमबार | Mon, 16, Sep, 2024

बालिकाको उद्दारमा जुटेका बृद्धको मृत्यु


४२१३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ श्रावण ३०, बुधबार मा प्रकाशित १ महिना अघि
  • ३० साउन, जनकपुरधाम । सर्लाहीको बलरा नगरपालिका–१ स्थित मनुसमारामा खोलाले बगाएका बालिकाको उद्दार गर्न गएका एक वृद्धको डुबेर मृत्यु भएको छ ।

    मृत्यु हुनेमा स्थानीय ६० वर्षीय गजेन्द्र साह रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार बुधबार स्थानीय अजय गिरीका १२ वर्षीया छोरी निशाकुमारी र १५ वर्षकी पिंकीकुमारीलाई खोलाले बगाएको थियो । घाँस काट्न जाने क्रममा उनीहरुलाई खोलाले बगाएको थियो ।

    त्यस क्रममा उद्दार गर्नका लागि स्थानीय गजेन्द्र साह खोलामा पसेका थिए । तर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दिदी बहिनीमध्ये १५ वर्षकी पिंकीकुमारी पौडी खेलेर बाहिर निस्केको र निशाकुमारी बेपत्ता रहेको डीएसपी श्रेष्ठले जानकारी दिए । गजेन्द्रको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ भने बेपत्ता निशाकुमारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार