२०८१ भाद्र ३१, सोमबार | Mon, 16, Sep, 2024

जोखिममा परेका घरहरूलाई पाँचखाल नगरले आर्थिक सहयोग गर्ने


४३६९ पाठक संख्या
  • २०८१ भाद्र १६, आईतबार मा प्रकाशित २ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरले अविरल बर्सातको कारण जोखिममा परेका घरहरूलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
    आज -आइतबार पाँचखाल नगरपालिकाको कार्यकक्षमा सम्पन्न भएको विपद व्यवस्थापन समितिको बैठकबाट उक्त निर्णय भएको हो ।

    नगर प्रमुख महेश खरेलको सभाध्यक्षतामा बसेको बैठकबाट बर्सातको कारण नगरवासीको क्षतिलाई मध्यनजर राख्दै पूर्ण रुपमा ( बस्न नहुनेगरी ) क्षति भएको घरहरूका लागि प्रति परिवार ५० हजार राहत उपलब्ध गराउने निर्णय गरेको थियो । त्यसैगरी मर्मत सम्भार तथा संरक्षण गर्नुपर्ने घरहरूका लागि प्रति परिवार १५ हजार राहत उपलब्ध गराउने भएको छ ।

    विपत व्यवस्थापन समितिको बैठकमा नगर प्रमुख खरेलले भन्नुभयो “नगरको विभिन्न स्थानमा पहिरोको कारण धेरै क्षती भएको छ ‚ सबै प्रकारको क्षतिको व्यवस्थापन गर्ने छौं ।” क्षतिको अवस्था हेरी पहिलो प्राथमिकता बसोवास गर्दै गरेको घरमा भएको क्षतिलाई दिनेछौ । दोस्रोमा बसोवास गर्दै गरेको जोखिममा परेको घरहरू संरक्षण गर्ने विषय लाई ध्यान दिने छौं । विपदको कारण खानेपानीको मुहान ‚ ट्याङ्की तथा पाइप लाइन अवरोध भएकाहरूका लागि तत्काल व्यवस्थापन गर्ने छौँ ।

    नगरको वडा नं १३ ‚ ११ ‚ ८ मा अविरल बर्षातले धेरै क्षति पुर्याएको छ ‚ अन्य वडाहरूमा पनि क्षति भएको छ । सडक अवरोधका कारण दूध तथा तरकारी ढुवानीमा समस्या परेको छ सो समस्या समाधानको लागि कार्य थाली सकेका छौं मेयर खरेलले भन्नुभयो । उहाँले थप्नुभयो राहत सामाग्री अन्तरगत त्रिपाल तथा पलास्टिकहरु कार्य सुरु गरेका छौं थप राहत सामाग्रीको व्यवस्था गर्दै छौं । विपदमा तत्काल उद्धार गर्न सहज रहोस् भनी नगरमा रहेको १३ वटै वडा कार्यालयहरूमा साबेल ‚ पिक ‚ गल ‚ गाडाको व्यवस्था गर्नेछौँ ।  ढलेका रूखहरू काट्नको लागि आधुनिक रूख काट्ने मेसिनको व्यवस्था गर्ने छौं । क्षति भएको भौतिक संरक्षण मर्मत तथा पुन निर्माणको लागि सङ्घ र प्रदेशमा पहल गरिसकेका छौं ।

    विपद व्यवस्थापन समितिको बैठकमा पाँचखाल नगरका प्रमुख प्रशासकीय अधिकृत अच्युत राज रेग्मीले भन्नुभयो “ विपदमा परेकाहरूको लगत तयार गरी मापदण्ड बनाएर उद्धार सामाग्री वितरण गर्नुपर्छ ।” घटनाहरूको प्रमाणित गरी उद्धार कार्य गर्नुपर्छ घर भत्किएर बसोवास गर्न जोखिम रहेकालाई प्राथमिकता दिनु पर्दछ । उपलब्ध भएको उद्धार सामागि तथा राहतको सही ढङ्गबाट सदुपयोग हुन जरुरी छ ।

    बैठकमा पाँचखाल नगरका प्रवक्ता एवं पाँचखाल वडा नं ८ का वडा अध्यक्ष सञ्जय तमाङ ‚ वडा नं ४ का वडा अध्यक्ष सुन्दर तमाङ ‚ वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारी ‚ वडा नं १२ का वडा अध्यक्ष ज्ञान बहादुर दनुवार ‚ वडा नं १३ का वडा अध्यक्ष सुकवीर तमाङ ‚ पाँचखाल स्वास्थ्य शाखा प्रमुख उज्ज्वल अधिकारी ‚ पाँचखाल खानेपानी तथा जल उपभोक्ता समितिका उपाध्यक्ष दिल बहादुर श्रेष्ठ लगायतका सहभागीहरूले आ—आफ्नो धारण राख्नुभएको थियो । पाँचखाल नगर वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख गणेश खरेलले नगरको विभिन्न वडाहरूमा भएको क्षतिको विवरणको बारेमा जानकारी गराउनु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार