२०८१ भाद्र ३१, सोमबार | Mon, 16, Sep, 2024

अरनिको राजमार्ग २ दिन बन्द हुने


८६३३ पाठक संख्या
  • २०८१ भाद्र १९, बुधबार मा प्रकाशित १ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलबाट खावा सम्मको अरनिको राजमार्ग खण्ड अत्यन्त जिर्णभई यातायात सञ्चालनमा समस्या भएकोले मर्मत संभारको लागि दुई दिनको लागि मालवाहक सवारी साधनहरु बन्द गरिने भएको छ ।
    सडकको अवस्था जिर्ण हुँदा सवारी साधनहरु सञ्चालनमा समस्या आएकोले सडक डिभिजन कार्यालय भक्तपुरले एक सुचना जारी गर्दै भोली भदौ २० गते र २१ गतेका लागि राजमार्गमा कुनैपनि प्रकारको मालवाहक सवारी साधन सञ्चालन नगर्न निर्देसन गरेको छ ।
    मालवाहक सवारी साधन सञ्चालन नगर्दा यात्रु वाहक सवारी साधनहरु सञ्चालन तथा मर्मत कार्यमा सहज हुने भएकोले उक्त सुचना जारी गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी गराएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार