२०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024

कर्मचारी राजनीतिक रुपमा न्युटल रहनु पर्छ—प्रमुख सचिव


३२५१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ भाद्र २५, मंगलबार मा प्रकाशित १ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । बागमती प्रदेशका प्रमुख सचिव गोविन्द बहादुर कार्कीले निजामती कर्मचारीले विलासिताको जिवन विताउन सक्दैन , विलासिताको जिवन विताउने हो भने जागिर हैन अन्य मार्ग पहिल्याउनु पर्ने बताउनु भयो ।

    सोमबार काभ्रे जिल्लाको धुलिखेलमा जिल्ला समन्वय समितिले आयोजना गरेको जिल्लामा रहेका कार्यालय प्रमुखहरूसँगको अन्तरक्रिया कार्यक्रममा उक्त धारणा राख्नुभएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि प्रमुख सचिव कार्किले थप्नुभयो —तपाई कर्मचारीहरूले सेवा प्रदान गर्दै गर्दा सेवाग्राहीले राजनीतिक नजरले हेर्छ कि हेर्दैन सो विषय प्रमुख हो ‚ तपाई जुनसुकै तहको कर्मचारी रहेपनि राजनीतिक रुपमा न्युटल रहनु पर्छ । अझ कार्यालय प्रमुखमा त राजनीतिक गन्ध आउनु हुदैन तटस्थ रहनु पर्छ ।

    सेवाग्राहीहरूलाई सेवा दिदा हुने ढङ्गको काम के कसरी सहज ढङ्गबाट छिटो छरितो तरिकाले प्रदान गर्ने भन्ने विषयमा सचेत हुनुपर्छ । नहुने र नमिल्ने काम कारण सहित मिल्दैन भनेर मुस्कान सहित जवाफ दिनुपर्दछ । सेवा प्रदान गर्ने क्रममा जनताले एकथरी ‚ साथीभाइलाई अर्कोथरी र नेतालाई अझ फरक ढङ्गले प्रस्तुत हुने कार्यले समस्या जरुर निम्त्याउँछ । प्रमुख कार्कीले तर्क दिनुभयो ।

    कार्यक्रममा प्रमुख अतिथि कार्कीले भन्नुभयो — काम गर्दा जेजति सरकारले उपलब्ध गराएको छ सोही मै चित्त बुझाउनु पर्छ । निजी स्वार्थबाट कर्मचारीले काम गर्नु नै विवादित हुनु हो । सेवाग्राहीलाई काम कुन ढङ्गबाट पाइयो भन्ने चासो हुन्छ । प्रमुख त राज्यको काम सर्भिस डेलिभरी हो । रणनीतिक ढङ्गको पूर्वाधार निर्माणको क्रममा राष्ट्रसेवकको ठुलो भूमिका रहन्छ भन्ने विषय बुझ्न जरुरी छ । हामी कुनै न कुनै तफर्बाट प्रतिस्पर्धाबाट पदमा पुगेको हुन्छ आफ्नो ज्ञान सीपलाई पूर्ण रुपमा व्यवहारमा उतार्नु पर्दछ । हाम्रो दृष्टिकोणले मसिनो ढङ्गले नियाल्नु पर्छ ‚ निष्पक्ष ढङ्गबाट सेवा प्रदान गर्नुपर्छ । कुनै पनि कार्य गर्दा नकारात्मक ढङ्गबाट नभई सकारात्मक ढङ्गबाट हेर्न जरुरी छ । काभ्रे जिल्ला सचेत साथै अप्ठेरै जिल्ला पनि हो तर राम्रो कार्य गर्दा सहज मुल्यांकन गर्ने जिल्ला हो ।

    कार्यक्रममा काभ्रे जिल्ला सहज प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले भन्नुभयो —कार्यालयहरुबाट प्रदान गर्ने सेवामा प्रस्न चिन्ह खडा हुनु भनेको हामी सम्पूर्ण कार्यालय प्रमुखहरूको कार्यदक्षता ‚ प्रभावकारिता ‚ औचित्य माथि प्रश्नचिन्ह् उठेको छ । कार्यालय प्रमुखबाट दिने सेवामा के— कस्ता कमजोरी भएको छ तत्कालै कार्ययोजना बनाएर जान आवश्यक छ । सार्वजनिक खरिद ऐन अनुसार हुने कार्यमा सचेत ढङ्गबाट कार्य गर्न जरुरी छ । हाम्रो सार्वजनिक सेवा प्रवाह कस्तो छ ? भन्ने विषयमा चनाखो हुन जरुरी छ । १३ वटै स्थानीय तहको सक्रियता साथै समन्वयमा बजार अनुगमन हुँदा उपभोक्ताको हित रहन्छ ।

    अन्तरक्रिया कार्यक्रमको सभापतित्व गर्दै जिल्ला समन्वय समिति प्रमुख दीपक गौतमले भन्नुभयो — राजनितिक दल ‚ जनप्रतिनिधि ‚ नेताहरूसँग कर्मचारीको टुनिङ्ग नमिल्दा नागरिकले दुःख पाएका हुन् । जिल्लामा रहेका सबै कार्यालयहरूका लागि बजेट आइसकेको छ ‚ विकासे अड्डाहरूले आफ्नो कार्यक्रमहरू सार्वजनिक गरे नगरेको विषयमा जानकारी लिन अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका हौं ।

    कार्यालयहरूले कार्यक्रमहरू सार्वजनिक गछौँ तर सो कार्यक्रमहरू आर्थिक वर्षको अन्त्यतिर कार्यान्वयन तिर पुग्छौं । जसले गर्दा गुणस्तरीयता प्राप्त गर्दैन । विगतको उदाहरणहरू नियाल्दै यस पटक काभ्रे जिल्लाका सबै कार्यालयहरूलाई सुरुदेखि योजनाहरू कार्यान्वयन गराउने विषयमा लैजाने कार्यलाई प्राथमिकता दिन जरुरी छ । हिउँदे अधिवेशन पुग्दा लगभग कार्यक्रमहरू कार्यान्वयनमा पु¥याउन पाइ हुने थियो भन्ने हो ।

    कार्यक्रममा बनेपा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईँ ‚ पत्रकार महाँसंघ काभ्रे शाखाका अध्यक्ष बद्रीराज तिमल्सिना ‚ सञ्चारकर्मी मधुसुदन गुरागाँई ‚ कृषि विकास कार्यालय प्रमुख कुल प्रसाद दवाडी ‚ डिभिजन बन कार्यालय प्रमुख कृष्ण बहादुर थापा लगायतले आ— आफ्नो धारणा राख्नुभएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार