काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पहिलो नगरपालिका बनेपा नगरपालिकामा ६० औं बाल दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा उपस्थित बालवालिकाहरुले स्वास्थ्य, शिक्षा, खेलकुद लगायतका विषयमा जनप्रतिनिधिहरु समक्ष जानकारीको लागि अनुरोध गरेका थिए । उनिहरुले बजेट र पारदर्शीतालाई वडि प्राथमिकता दिएका थिए ।
नगरका जनप्रतीनिधिहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा सहभागि वालवालिकाहरुले उठाएको प्रश्नलाको जवाफ बनेपा नगरपालिकाकी उप–प्रमुख बिमला सापकोटाले पालैपालो गरी जानकारी गराउँदा बालबालिकाहरु हर्षित भएका थिए । उपप्रमुख सापकोटाले बाmवालिकाको हितको खातिर शैक्षिक क्षेत्रलाई प्राथमिकता दिदै २९ करोड बजेटको व्यवस्था गरेको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले बालश्रममुक्त घोषणा गर्ने अभियान बनाएको बनेपा नगरपालिकाले हाल ६ वटा वडालाई बालश्रममुक्त घोषणा गरिएको बताउनु भयो । उहाँले थप्नुभयो अन्य वडालाई बालश्रममुक्त बनाउने तयारी भइरहेको छ छिटै घोषणा गर्छौ ।
बनेपा नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले आयोजना गरेको उक्त कार्यक्रममा नगरका विभिन्न वडाका वडा अध्यक्ष, जनप्रतिनिधि, विभिन्न विद्यालयका विद्यार्थीहरु, शिक्षक–शिक्षिकाहरु समेतको बाक्लो उपस्थिति रहेको थियो । नगर उपप्रमुख विमला सापकोटाको सभानेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा शिक्षासंग सम्बन्धित व्यक्तित्वहरुको समेत उपस्थित रहेको थियो ।
प्रतिक्रिया दिनुहोस