२०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024

महिलाको अगुवाईमा सञ्चालन भएको संस्थामा निर्धक्कसँग कारोबार गर्न सकिन्छ—उपप्रमुख


२६५३ पाठक संख्या
  • २०८१ आश्विन १, मंगलबार मा प्रकाशित २ दिन अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ६ तिनपिप्लेमा रहेको ग्रामीण महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको २९ औं बाषिर्क साधारण सभा पाँचखाल नगरपालिका उपप्रमुख सूर्य माया दनुवारको प्रमुख आतिथ्यतामा मङ्गलवार सम्पन्न भएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख दनुवारले साधारण सभामा उपस्थित शेयर सदस्यहरूले यातायात खर्च बुझेर हतारमा नहिँड्न अनुरोध गर्नुभयो । सहकारीको अवस्थाको बारेमा बुझ्ने दिन साधारणसभा हो । सो दिनमा छलफल गरेर संस्थाको अवस्थाको बारेमा जानकारी लिन अनिवार्य रहने बताउनु भयो ।

    कार्यक्रमका प्रमुख अतिथि दनुवारले थप्नुभयो — बाहिरबाट पाँचखालमा शाखा खोल्न आएका कतिपय सहकारीमा आतङ्क मच्चिरहेको छ । त्यस्ता सहकारीका शेयर सदस्यहरूले बचत फिर्ताको लागि नगरपालिका न्यायिक समितिमा गुनासो गर्ने गरेका छन् । त्यसैगरी कतिपय सहकारीले कर्जा उठाई दिनको लागि पहल गर्न पनि आउने गरेका छन् । तर पाँचखालमै सञ्चालन भएका सहकारीमा त्यस्तो समस्या कमै मात्रामा रहेको छ । पाँचखालमा रहेको ग्रामीण महिला विकास बहुउद्देश्यीय सहकारी अव्बल ढङ्गबाट सञ्चालन भएको पाइएको छ जसका कारण यो सहकारीमा कारोबार गर्दा कुनै समस्या रहँदैन ढुक्कका साथमा कारोबार गर्न सकिन्छ । महिलाको अगुवाईमा सञ्चालन भएको यस संस्थामा निर्धक्कसँग कारोबार गर्न सकिन्छ ।

    सहकारी संस्थाको उपाध्यक्ष इन्दिरा गौतमको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलाल ‚ सल्लाहकार ईश्वरी राजकुमार मैनाली‚ नेपाल रेडक्रस सोसाइटी पाँचखाल उपशाखा सचिव झम्क प्रसाद गौतम ‚ प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केशव प्रसाद काफ्ले लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    संस्थाको सह सचिव कुसुम दुलालले सञ्चालन गरेको उक्त कार्यक्रममा कोषाध्यक्ष तिलका अधिकारीले आर्थिक प्रतिवेदन र सचिव गीता नेपालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सञ्चालक सदस्य गणेश माया श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट बाल वचत कर्ता ‚ असल ऋणी‚ अधिकतम शेयर खरिद कर्ता र ६० वर्ष उमेर पुगेका ३५ जना जेष्ठ सदस्यहरूलाई सम्मान गरिएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार