२०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024

सहकारीको पैसा अपचलन भएको पाइएमा कारवाही गर्छौ —खरेल


२४७१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ आश्विन ३, बिहिबार मा प्रकाशित ७ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ मा केन्द्रिय कार्यालय रहि काभ्रेपलाञ्चोक जिल्लाभर नै कार्यक्षेत्र रहेको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १८ औं बाषिर्क साधारण सभा सम्पन्न गरेको छ ।

    संस्थाले भदौ २९ गते बनेपा इकाई तथा मण्डनदेउपुर नगरपालिका कुन्तामा रहेको इकाईमा इकाई बैठक (साधारण सभा) सम्पन्न गरी संस्थाको केन्द्रिय कार्यालय रहेको पाँचखालमा आज साधारण सभा सम्पन्न गरेको हो ।

    संस्थाको उपाध्यक्ष राजन कार्कीको सभापतित्वमा बनेपामा सम्पन्न इकाई बैठकका प्रमुख अतिथि बनेपा नगरका उपप्रमुख विमला सापकोटा रहनु भएको थियो । त्यसैगरी मण्डनदेउपुरको कुन्तामा संस्थाका अध्यक्ष बाबुकाजी पराजुलीको सभापतित्वमा सम्पन्न इकाई बैठकका प्रमुख अतिथि मण्डनदेउपुर नगरपालिका प्रमुख टोक बहादुर वाइवाई रहनु भएको थियो ।

    संस्थाको केन्द्रिय कार्यालय रहेको वडा पाँचखालमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पाँचखाल नगरका प्रमुख महेश खरेलले सहकारीले गर्दा देश नै हल्लिएको बताउनु भयो । सहकारीको पैसा अपचलन गर्ने नेताहरूले सरकारबाट बाहिरिनु परेको छ । सत्ता पक्ष होस यात प्रतिपक्ष कमजोरी गर्नैलाई कारबाही हुन्छ ।

    सहकारीका सञ्चालकहरूले सहकारीबाट रकम लिएर आफ्नो व्यापार व्यवसायमा लगानी गर्दै अपचलन गरे ढिलो चाँडो तपाईँहरूको पर्दाफास हुन्छ । पाँचखाल नगरपालिकामा सञ्चालन भएको सहकारीहरुमा सहकारीको पैसा अपचलन भएको छैन होला यदि यस्ता गतिविधि भएको पाइएमा कारवाहीको दायरामा ल्याउँछौ । नगरपालिकाले सहकारीको बारेमा सुक्ष्मढंगले नियाली रहेको छ ‚ कमजोरी गरेको पाइएमा कसैलाई छुट हुनेछैन ।  मेयर खरेलले बताउनु भयो ।

    १८ औं बाषिर्क साधारण सभामा पाँचखाल नगरका उपप्रमुख सुर्य मायाँ दनुवार ‚ पाँचखाल वडा नं ४ का वडा अध्यक्ष सुन्दर तमाङ ‚ संस्थाका अध्यक्ष बाबुकाजी पराजुली ‚ संस्थाका उपाध्यक्ष राजन कार्की ‚ लेखा सुपरीवेक्षण समितिका संयोजक बद्रि प्रसाद आचार्य ‚ प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केशव प्रसाद काफ्ले संस्थाको संस्थापक अध्यक्ष ईश्वरी राजकुमार मैनाली ‚ संस्थाका सल्लाहकार दामोदर अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    संस्थाको १८ औं बाषिर्क साधारण सभामा दामोदर दुलालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने प्रगति प्रतिवेदन सचिव राम प्रसाद कोइरालाले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा असल बचतकर्ता ‚ असल ऋणी ‚ अधिकतम शेयर खरिद कर्ता ‚ उत्कृष्ट बाल बचत कर्ता ‚ आर्थिक विकास अवाड सम्मान गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार