२०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024

हिरासतबाट ८ थुनुवा फरार


३०१७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ आश्विन ७, सोमबार मा प्रकाशित ४ हफ्ता अघि
  • ७ असोज, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन् । आइतबार राति भेन्टिलेशन फोडेर ८ जना थुनुवा फरार भएको प्रहरी स्रोतले जनाएको छ ।

    हिरासतबाट ९ जना फरार भएकोमा एक जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । फरार हुनेमा लागुऔषध मुद्दाका अमितकुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अभद्र व्यवहारमा पक्राउ परेका मनिष मण्डल र बिक्की कार्कीका साथै एक जना नाबालक रहेका छन् ।

    फरार भएकाहरूको खोजीका लागि रातिदेखि नै प्रहरी विभिन्न ठाउँमा सर्च अभियान चलाएको छ । सीमा क्षेत्रमा समेत निगरानी बढाइएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले आठजना थुनुवा हिरासतबाट भागेको सुनेको बताए । यस विषयमा बझ्न जिल्ला प्रहरी कार्यालय जान लागेको उनले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार