२०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024

मुटु जोगाउ अभियानमा पाँचखाल


२४७१ पाठक संख्या
  • २०८१ आश्विन १०, बिहिबार मा प्रकाशित ३ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ३ स्थित सर्वमङ्गला बहुमुखी क्याम्पस हलमा आज (विहिबार) विश्व मुटु दिवसको उपलक्ष्यमा मुटु सम्बन्धी चेतना मूलक कार्यक्रम सम्पन्न भएको छ ।

    सर्वमङ्गला क्याम्पस प्रमुख केशव प्रसाद काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमको आयोजना नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखा‚ पतञ्जलि योग समिति काभ्रे ‚ नेपाल हृदय रोग निवारण प्रतिष्ठान पाँचखाल इकाइले गरेको थियो ।

    नेपाल हृदयरोग निवारण प्रतिष्ठान पाँचखाल उपशाखा संयोजक दामोदर अधिकारीको सभापतित्वमा सम्पन्न मुटु बचाउ सम्बन्धी चेतनामूलक प्रवचन कार्यक्रममा विशिष्ट अतिथि नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रिय सदस्य अशोक श्रेष्ठ ‚ सर्वमङ्गला माध्यमिक विद्यालयका प्रधानाध्यापक जयराम अधिकारी हृदयरोग निवारणका अभियन्ताहरू पूर्ण भक्त भोछिभोया ‚सिद्धि बहादुर कर्माचार्य ‚राम प्यारी श्रेष्ठ ‚ लक्ष्मी गौतम ‚ टीकाभक्त भोछिभोया लगायत व्यक्तित्वको उपस्थिति रहेको थियो ।

    नेपाल हृदयरोग निवारण प्रतिष्ठान पाँचखाल उपशाखाका सचिव नवीन प्रकाश निरौला द्वारा सञ्चालित कार्यक्रममा पाँचखाल उपशाखा उपसंयोजक सरसरती चिमोरियाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि केशव काफ्ले ‚विशेष अतिथि अशोक कुमार श्रेष्ठ‚ शिक्षक पर्शुराम कडेल ‚ पाँचखाल पोलिक्लिनिकका प्रोपाइटर सुदीप श्रेष्ठ ‚ विद्यार्थी भूमिका श्रेष्ठ ‚ कम्युनिटी नर्सिङ अधिकृत रूपा कर्माचार्य लगायतका वक्ताहरूले मुटुलाई जोगाउने विषयमा जानकारी गराउनु भएको थियो ।

    कार्यक्रममा नेपाल हृदयरोग निवारण प्रतिष्ठान पाँचखाल उपशाखाको मुटु बचाउ अभियानलाई साथ सहयोग गर्ने आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरिएको थियो । नेपाल हृदयरोग निवारण प्रतिष्ठान पाँचखाल उपशाखा सत्यवती भट्टराईले ज्ञापन गर्नुभएको थियो भने सभापति दामोदर अधिकारीले कार्यक्रमको समापन गर्नुभएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार