काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका उपप्रमुख सूर्य माया दनुवारले बर्सातको कारणले पूर्ण क्षति भएका घरहरूलाई नगरको तफर्बाट ५० हजार र आंशिक रुपमा क्षतिभएको लाई १५ हजार राहत दिने बताउनु भयो ।
पाँचखाल नगरपालिका विपद व्यवस्थापन समितिको निर्णय अनुसार ५० हजार र १५ हजार नगरको तफर्बाट राहत आउँछ । तर भुकम्पले क्षति पुर्याएर सो क्षति वापत नेपाल सरकारबाट ३ लाख क्षति लिएर अर्को घर बनाएको र उक्त क्षति भएको घर नभक्ताएर कामचलाउ गर्दै गरेको अवस्थामा भक्तिएको भएमा राहत पाइदैन । आज (विहिवार) पाँचखाल नगरपालिका वडा नं ६ मा सञ्चालन भएको जनज्योती बहुउद्देश्यीय सहकारी संस्थाको १७ औं बाषिर्क साधारण सभाको उद्घाटन गर्दै उपप्रमुख दनुवारले उक्त धारणा राख्नुभएको हो ।
कार्यक्रमको प्रमुख अतिथि पाँचखाल नगरको उपप्रमुख दनुवारले भन्नुभयो —हामिले आफुस बस्नको लागि बनाएको घर सुरक्षित तरिकाले बस्नको लागि बनाएका छौं कि चिहानको रुपमा बनाएका छौँ त्यतातिर सोच्न जरुरी रहन्छ । आवास निर्माण गर्दा जोखिम रहित ढङ्गको बनाउन सकेउ भने घर भक्तिएर पुरिएर मर्नु पर्दैन । अविरल वर्षाको कारण मुलुकमा ठुलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको छ ।
पाँचखाल नगरमा मानवीय क्षति नभएपनि धेरै मात्रामा भौतिक संरचनाहरू क्षति भएको छ । धेरै घरहरू पूर्ण क्षति ‚ आंशिक क्षति‚ पाक्दै गरेको धान वाली डुबानमा परेको छ । पाखोबारी पहिरोले ध्वस्त भएको छ ‚ पशु तथा पंक्षिहरु मरेका छन् । यति धेरै क्षतिलाई मध्यनजर राख्दै राहतको लागि नरले प्रयास गरिरहेको छ । क्षतिको यथार्थ विवरण सम्बन्धित वडामा टिपाउनु होला ।
सहकारीहरुको साधारण सभामा उपस्थित शेयर सदस्यहरूले यातायात खर्च लिने र हिडि हाल्ने पछिल्लो चलन राम्रो हैन । धेरै सहकारीहरुमा यस्तै देखिन्छ तर जनज्योति बहुउद्देश्यीय सहकारी संस्थामा सहकारीका सवै शेयर सदस्यहरू उपस्थित भएर संस्थाको विषयमा चासो राख्नु राम्रो कार्य हो । मलाई खुसि लाग्यो यस संस्थाका शेयर सदस्यहरू इमान्दारिताका साथमा साधारण सभामा बसिरहेको देख्दा । यहाँहरूले संस्थाको मर्म र धर्म अनुसार संस्थाको नीति र विधि अनुसार चल्नुभएको छ त्यसैले गर्दा यहाँहरूलाई बधाई दिन चाहन्छु । प्रमुख अतिथि दनुवारले भन्नुभयो ।
उहाँले थप्नुभयो —लघुवित्तमा कारोबार गर्नुभन्दा सहकारीमा कारोबार गर्न उचित छ ‚ लघुवित्तमा कर्जा लिएको छ ‚ भोलि किस्ता तिर्ने दिन छ भने आजै पैसा जममा गर्दिनू पर्छ । यदि एक दिन ढिलो भयो भने हाम्रो घरमा रहेको गाईबस्तु ‚ धानचामल वा साथिहरुको बचत काटेर भएपनि असुल गर्छ । सहकारी संस्थामा कारोबार गर्दा त्यति खरो कारोबार हुदैन व्याज पनि कम लाग्छ ।
कार्यक्रममा विशेष अतिथि पाँचखाल वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलालले भन्नुभयो— सदस्य थोरै भएर के भो त ? कारोबार राम्रो हुनु पर्छ । सदस्य धेरै भएर आर्थिक अनियमितता साथै किचलो भयो भने सहकारीको मूल्य मान्यता नै रहेन । जनज्योति बहुउद्देश्यीय सहकारीले शेयर सदस्यहरूको हितको खातिर गरेको कार्य उदाहरणि छ । म वडा अध्यक्षको हैसियतले विगत लामो समयदेखि नियाली रहेको छु ‚ संस्थाको कारोबार उत्कृष्ट पाएको छु । मेरो वडामा रहेको सहकारीहरू अव्बल छन् त्यसैले म ढुक्क छु । पाँचखाल वडा नं ६ मा सञ्चालित सहकारीले शेयर सदस्यलाई डुबाउला कि भन्ने चिन्ता छैन ।
वडा अध्यक्ष दुलालले भन्नुभयो —सहकारी माफर्त अनुदानको रासायनिक मल वितरण भएको छ । सहज ढङ्गबाट मल वितरणको लागि पहल गरिदै आएका छौँ र निरन्तरता दिन्छौ । यदि कसैले मलमा कालोबजारी गरेको छ भने तत्काल खवर गर्नोस् हामी कारवाही गछौँ । अविरल वर्षाको कारण पाँचखालमा भौतिक संरचना ‚ घरपालुवा जनावरहरू ‚ खेतियोग्य जमिनहरू नास भएको छ । हामी सरकारसँग राहतको लागि पहल गरिरहेका छौँ ‚ राहतको लागि समयमै यथार्थ क्षतिको विवरण टिपाउनु होला । बर्षातले अन्य क्षतिको साथ साथै सडक ध्वस्त भयो मैले आफ्नो स्वास्थ्यको अवस्थालाई पर्वाह नगरी सडक खुलाउने कार्यमा जुटे जसको कारण सडक सञ्चालन भएको छ । जनताको सेवा गर्छु भनेर अगाडि बढेको हुं तपाईँहरूलाई समस्या भयो भने खवर पाउँ तत्काल हाजिर हुन्छु ।
संस्थाको कार्यवाहक अध्यक्ष नवराज दनुवारको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संञ्चार कर्मी इश्वरी राजकुमार मैनालीले पछिल्लो समयमा सहकारीहरुमा देखिएको समस्याको बारेमा जानकारी गराउनु भएको थियो । संस्थाका संस्थापक अध्यक्ष एवं प्रमुख सल्लाहकार धर्मराज राईले संस्था स्थापनाको प्रमुख उद्देश्यको बारेमा जानकारी गराउँदै जुन उद्देश्यले सञ्चालन गरिएको थियो सो पूर्ण रुपमा सफल भएको बताउनु भयो । संस्थाको आर्थिक अवस्थाको बारेमा कोषाध्यक्ष साइलो दनुवारले जानकारी गराउनु भएको थियो ।
संस्थाको सचिव श्यामकुमार दनुवारले सञ्चालित कार्यक्रममा सञ्चारको माध्यमबाट सामाजिक क्षेत्रमा योगदान पुर्याउनुका साथै संस्थाको स्थापना कालबाटै निरन्तर सहयोग पुर्याएको भन्दै सञ्चारकर्मी ईश्वरी राजकुमार मैनालीलाई विषेश सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट बचत कर्ता दिपेन्द्र दनुवार र उर्मिला दनुवारलाई साथै असल ऋणी तफर् हरिबहादुर दनुवारलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाको सदस्य सरिता सापकोटाले शब्दबाट स्वागत गर्नुभएको थियो भने सभाध्यक्ष नवराज दनुवारले धन्यवाद मन्तव्य सहित सभा विसर्जन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस