२०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024

प्रगतिशील काभ्रेपलाञ्चोक जिल्लाकै नमुना सहकारी हो—नेपाल


५७९९ पाठक संख्या
  • २०८१ आश्विन १९, शनिबार मा प्रकाशित १ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ मा हालसम्म पाँचखालमा सकृय रुपमा सञ्चालन भएको सहकारीहरू मध्यको दोस्रो सहकारीको रुपमा परिचित प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं बाषिर्क साधारण सभा सम्पन्न भएको छ ।

    आज (शनिवार) सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासङ्घको सञ्चालक सुमन नेपालले राम्रो काम गर्नेलाई प्रोत्साहन गर्नुपर्छ । तर हामी नेपालीको बानी चौतारीमा बसेर कुरा काट्ने बानी परेको छ । सहकारीका सदस्यहरूले साधारण सभामा १ दिन पनि समय दिन गारो हुने तर तपाईहरु जस्तै सदस्यबाट चुनिनु भएका कार्यसमितिले नियमित काम गर्नुपर्छ ‚ सिंगो सहकारीको चौकिदारी गर्नु पर्छ । प्रमुख अतिथि नेपालले बताउनु भयो ।

    कार्यक्रममा प्रमुख अतिथि नेपालले भन्नुभयो “ पाँचखालमा सञ्चालन भएको प्रगतिशील सहकारीले पाँचखालमा मात्रै नभई काभ्रे जिल्लामै नमुना ढङ्गको कार्य गर्न सफल सहकारी हो ।”  केही स्यालहरुले बाघको खोल ओडेर सहकारी क्षेत्रको बदनाम गर्न खोज्दैछन् तर नीति विधि र पद्धतिमा आधारित सहकारीहरुको कहिल्यै बदनाम हुन सक्दैन । प्रगतिशील सहकारीमा विष्णु भट्टराई ‚ शुभ अधिकारी जस्ता अग्रज व्यक्तित्वहरुको रगत पसिनाले अगाडि बढेको सहकारी हो । अग्रज व्यक्तित्वहरुले सहकारीको अभियानमा स्वयंसेवकको रुपमा कार्य गर्दै पानी पिएको भरमा कार्य गर्दै यहाँसम्म ल्याउन सफल भएको छ । २०५६ सालमा संस्था स्थापना गर्नु भनेको ठुलो चुनौती थियो । सबैखाले समुदायको हितको लागि कार्य गर्ने उद्देश्यले प्रगतिशीलका सञ्चालकले काम गर्नुभएको बताउनु भयो ।

    केही सहकारीमा समस्या नआएको हैन ‚ पाँचखालमा पनि केही सहकारीमा समस्या नआएको हैन । यस्तो समस्या आउनुमा जनप्रतिनिधिको हेलचेक्र्याइँ पनि हो । पाँचखाल भन्दा बाहिर दर्ता भएका केही सहकारीले पाँचखाल नगरको स्वीकृति सहित नलिई पाँचखालमा कार्यक्षेत्र बनाउदै पैसा उठाएर टाप कसेका छन् । जनप्रतिनिधि र सहकारी अभियन्ता बिच समन्वयको अभाव हुँदा समस्या आएको हो । सदस्य केन्द्रित भएर अगाडि बढेका सहकारीमा काहि पनि समस्या छैन । जो सहकारीको नीति विधि र सिद्धान्त भन्दा फरक ढङ्गबाट ठग्नकै लागि कमाउनकै लागि ‚ कमाउनकै लागि जसले सहकारी सञ्चालन गरे त्यस्ता सहकारीमा समस्या भएको हो ।  प्रमुख अतिथि नेपालले बताउनु भयो ।

    प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केशव प्रसाद काफ्लेको सभापतिमा सम्पन्न उक्त कार्यक्रममा पाँचखाल नगरका उपप्रमुख सुर्य माया दनुवार ‚ जिल्ला समन्वय समिति काभ्रेका प्रवक्ता अप्सरा ढुङ्गाना ‚ पाँचखाल वडा नं ४ का वडा अध्यक्ष सुन्दर तामाङ ‚ वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारी ‚ सञ्चारकर्मी ईश्वरी राजकुमार मैनाली ‚ प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्थाको सल्लाहकार शुभ प्रसाद अधिकारी ‚ पाँचखाल उपत्यका सहकारी सञ्जाल उपाध्यक्ष कान्छामान तमाङ‚ बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाको सचिव डोरेन्द्र राज सापकोटा‚ आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था सचिव राम प्रसाद कोइराला ‚ पाँचखाल  भ्याली बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष केदार लुँइटेल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्थाको सचिव रमेश प्रसाद सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाको उपाध्यक्ष सरोज न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा उच्चतम् अङ्क हासिल गर्ने एस.एल.सि सम्मान ‚ उत्कृष्ट वाल बचत सम्मान ‚ उत्कृष्ट बचत कर्ता सम्मान ‚ असल ऋणी सम्मान र सफल व्यवसायी सम्मान गरिएको थियो । संस्थामा रहेका १७७१ शेयर सदस्य तथा ५०१  बाल सदस्य बाट संस्थाको सेयर पुँजी २ करोड ५७ लाख ५८ हजार ‚ निक्षेप तफर् ११ करोड ५४ लाख ६८ हजार ९४ रुपैयाँ र विभिन्न कोषहरूमा गरि २ करोड १५ लाख २४ हजार ७८७ रहेको छ । त्यसैगरी सहकारी पसल सञ्चालन तफर् ५८ लाख ४० हजार रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार