२०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024

अविरल बर्षातको कारण किताबकापी विहिन भएका छन् विद्यार्थीहरु


३७९७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ कार्तिक १, बिहिबार मा प्रकाशित १ दिन अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा रहेका कतिपय विद्यालयमा अध्ययनतर बालबालीका किताव कापी विहिन बन्न पुगेका छन् ।

    असोज १० देखि १२ गतेसम्मको अबिरल बर्षातको कारण रोशी गाउंपालिका तथा नमोबुद्ध नगरमा रहेका विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई गम्भीर रूपमा प्रभावित पारेको छ । धेरै बालबालिका विद्यालय पोशाक, किताबकापी, र आधारभूत शैक्षिक सामग्री बिना छन् भने, कतिपय परिवारले आफ्नो घर नै गुमाएका छन् । यस्तो भयावह समयमा बालबालिकाको उज्ज्वल भविष्यको लागि शैक्षिक निरन्तरता दिन अत्यन्त समस्या भएको पाईएको छ ।

    शिक्षा नै हाम्रो समाजको उज्यालो भविष्यको आधार हो । यति कठिन अवस्थामा पनि बालबालिकाको शिक्षा अवरुद्ध हुन नदिनको लागि नमोबुद्ध नगरपालिकामा सञ्चालन रहेको ग्रामिण पाठशालाले बालबालिकाको भविश्यको लागि सहयोग गर्न अनुरोध गरेको जानकारी प्राप्त भएको छ ।

    वालबालिकाले सहज ढंगबाट अध्ययन गर्नको लागि आवश्यक शैक्षिक सामग्री, जस्तैः किताबकापी ,कलम, पेंसिल ,झोला, स्कुल ड्रेस को सहयोग गर्न इच्छुक सहयोगी मनहरूले ग्रामिण पाठशालामा सम्पर्क गर्न भन्दै सम्पर्क नम्बरहरु सार्वजनिक गरिएको छ । जसमा  विदुर शर्मा भण्डारी ९८५१११३३६२ र सौरव प्रकाश मैनाली ९८४५९६२८३३ रहेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार