२०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024

पाँचखालमा प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता


३४३३ पाठक संख्या
  • २०८१ कार्तिक १, बिहिबार मा प्रकाशित १७ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरमा प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता आज ( बिहिवार) बाट सुरु भएको छ ।

    राष्ट्रको लागि खेलकुद ‚ स्वास्थ्यको लागि खेलकुद भन्ने मुल नाराका साथमा ७ दिन सम्म सञ्चालन हुने प्रथम वडा स्तरीय फुटबल प्रतियोगिताको उद्‌घाटन पाँचखाल नगरपालिका वडा नं ४ का वडा अध्यक्ष सुन्दर लामाले गर्नुभएको होे ।

    कार्यक्रमको उद्‌घाटन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष तामाङले खेल पे्रमी युवाहरूलाई हौसला तथा स्वास्थ्यको साथै राष्ट्रको लागि खेलकुद कार्यक्रमको आयोजना गरेको बताउनु भयो । उहाँले थप्नुभयो प्रथम वडा स्तरीय कार्यक्रम दशैँ अगाडि ( असोज १४) गर्ने तयारी गरेका थियौँ । असोज ११ र १२ गतेको अविरल बर्सातको ठुलो धनजनको क्षति गर्यो विपद आइलाग्यो सोही कारणले गर्दा कार्यपालिका बैठकबाट स्थगित गरेका थियौँ । स्थगित कार्यक्रमलाई तिहारको अगाडि सञ्चालन गर्ने हेतुले सञ्चालन गरेका छौँ ।

    नगरमा रहेका युवाहरू विकृति विसंगतिमा नलाउन राम्रो सत्कर्ममा लागुन भन्ने उद्देश्यले पनि यो कार्यक्रमको आयोजना गरेको हो । घरैमा बसेर मोबाइलमा व्यस्त रहनु भन्दा साथिभाईहरु संग भेटघाट गरेर आफ्नो क्षमताको प्रदर्शन साथै स्वास्थ्यलाई तन्दुरुस्त बनाउन समेत खेलले टेवा पुग्ने छ । प्रमुख अतिथि वडा अध्यक्ष लामाले बताउनु भयो ।

    पाँचखाल नगरपालिका वडा नं ४ तामाघाटमा रहेको तामाघाट युवा क्लबको आयोजनामा भएको उक्त प्रथम वडा स्तरीय फुटबल प्रतियोगितामा बिभिन्न १३ टिम सहभागि भएका छन् । कार्तिक ७ गते समापन हुने उक्त खेलको प्रथम हुनेलाई नगद ५० हजार र ट्रफी ‚ द्वितीय २५ हजार नगद र ट्रफी ‚ र तेस्रो स्थान हासिल गर्नेले १० हजार नगद र ट्रफी पाउने छन् । खेलको उद्घाटनको दिन सहभागि भएका ४ समुह मध्य पाँचखाल वडा नं ७ जोरपिप्ले समुहले १ गोल  र प्रतिस्पर्धी आयोजक समुह पाँचखाल वडा नं ४ तामाघाट ए समुहले ० गोल हासिल गरेका थिए । त्यसैगरी पाँचखाल वडा नं ४ लामीडाँडा युवा क्लब समुहले २ गोल प्रतिस्पर्धी पाँचखाल वडा नं ३ प्रगतिशील थुम्का समुहले ० गोल हासिल गरेका थिए ।

    खेल आयोजक तामाघाट युवा क्लबका अध्यक्ष सूर्य बहादुर राईको सभापतित्व तथा सुनिता लुङ्वा बाट सञ्चालित कार्यक्रममा उद्योग वाणिज्य सङ्घ पाँचखालका अध्यक्ष नवीन प्रकाश निरौला ‚ पाँचखाल प्रहरी चौकी प्रमुख इन्स्पेक्टर किशोर कुमार बुढाथोकी ‚ शसस्त्र प्रहरी ‚ नेपाली सेना प्रतिनिधि ‚ स्वास्थ्य टोली ‚ सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार