२०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024

सुनको मुल्य बढ्यो ह्वात्तै


१५६१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ कार्तिक २, शुक्रबार मा प्रकाशित २ घण्टा अघि
  • २ कात्तिक, । दिनदिनै नयाँ कीर्तिमान बनाउँदै बढिरहेको सुन शुक्रबार तोलामा २ हजार बढेको छ ।

    अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन एक दिनमै बडेर १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्ने क्रम जारी रहेपछि त्यसको प्रभाव नेपाली बजारमा परेको हो ।

    नजिकिँदो अमेरिकी राष्ट्रपतिको चुनाव र त्यसबाट निम्तिन सक्ने अनिश्चित वातावरण तथा मध्यपूर्वको युद्धका कारण लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढेको रोयटर्सले उल्लेख गरेको छ । त्यस्तै चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १९५० रुपैयाँ रहेको चाँदी १९८० रुपैयाँ पुगेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार