२०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024

रविलाई पक्राउ गर्न अदालतले अनुमति


४०३१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ कार्तिक २, शुक्रबार मा प्रकाशित ४ दिन अघि
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पक्राउ गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको प्रहरीले दाबी गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलिया पक्राउ अनुमतिका लागि हाल कास्की अदालत पुगेका थिए । यता कास्कीबाट प्रहरीको टोली काठमाडौं आइसकेको छ ।

    पक्राउ पुर्जीका लागि जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको बेन्चमा बहस भएको थियो । शाहको बेन्चले पक्राउ गर्न अनुमति दिएको प्रहरी स्रोतको भनाइ छ । उताबाट अदालतले पक्राउ पुर्जी जारी गर्ने बित्तिकै प्रहरीले लामिछानेलाई पक्राउ गर्ने तयारी समेत गरेको छ ।

    लामिछानेलाई सहकारी संस्थाको अध्ययन गर्न बनेको संसदीय छानबिन समितिले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रविको संलग्नता देखिएको निष्कर्षसहित प्रतिवेदन तयार पारेको थियो ।

    सोही प्रतिवेदनका आधारमा उनका सहकर्मी पूर्व डिआइजी छबिलाल जोशी पक्राउ परिसकेका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार