२०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024

काभ्रे ख्रीष्टियन समुदायले वितरण गरे राहत सामाग्री


४६०३ पाठक संख्या
  • २०८१ कार्तिक ४, आईतबार मा प्रकाशित २ दिन अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ६ मा काभ्रे ख्रीष्टियन समुदायले आज (आईतबार) वडा कार्यालयको प्राङ्गणमा वाडि पहिरो पीडितका लागि राहत सामाग्री वितरण गरेको छ ।

    असोज ११ गते र १२ गतेको अविरल वर्षाको कारण बाडी पहिरो पीडित भएका पाँचखाल नगर वडा नं ६ का पीडितहरूलाई लक्षित गरि उक्त राहत सामाग्री वितरण गरिएको हो ।

    वडा नं ६ का वडा अध्यक्ष राम शरण दुलालको समन्वयमा साथै बर्सातको कारण क्षति पुगेका पीडितहरूले वडा कार्यालयमा दिएको निवेदनको आधारमा १६८ जनालाई राहत सामाग्री वितरण गरेको काभ्रे ख्रीष्टियन समुदायका कोषाध्यक्ष रामकुमार न्यौपानेले बताउनु भयो ।

    वडा अध्यक्ष राम शरण दुलालले अविरल वर्षाको कारण पीडा भोगी रहेका पीडितहरूलाई राहत सामाग्री वितरण गर्ने कार्यलाई निरन्तरता दिने बताउनु भयो । वडाले सङ्कलन गरेको पीडित विवरणको आधारमा राहत सामाग्री वितरण गर्दै छौँ । पीडितको विवरण सङ्कलन गर्दा कोही छुटेको भए उनिहरु लाई पनि समावेश गरी आगामी दिनमा राहत वितरण गर्ने छौँ ।

    क्रिश्चियन समाजले वितरण गरेको राहत सामाग्री चामल ‚ दाल ‚ भाँडाकुँडा ‚ किट बक्स ( तौलिया ‚ ब्रस ‚ मन्जन ‚ महिलाको लागि प्याड) समेत गरि प्रति व्यक्ति ८ हजार बराबरको राहत सामाग्री बितरण गरिएको जानकारी गराइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार