२०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024

काभ्रेपलाञ्चोकमा ४१४ जनालाई डेंगु


१५६१ पाठक संख्या
  • २०८१ कार्तिक ६, मंगलबार मा प्रकाशित ३ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लामा पुरुष २२० र महिला १९४ गरी ४१४ जनालाई डेंगु रोग लागेको छ ।

    साउन १ गते देखी कार्तिक ६ गते सम्ममा ४१४ जनालाई डेंगु रोग लागेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी गराएको हो ।

    तीन महिनामा सवैभन्दा बडि १३३ जनालाई डेंगु रोग बनेपा नगरमा लागेको छ , जसमा महिला ६५ र पुरुष ६८ रहेका छन् । त्यसैगरी जिल्लामा रहेका १३ पालिका मध्य खानिखोला गाउँपालिकामा डेंगु रोग देखा परेको छैन भने महाभारत गाउँपालिकामा १ जना र तेमाल गाउँपालिकामा १ जनालाई डेंगु रोग लागेको जानकारी प्राप्त भएको छ ।

    पाँचखाल नगरपालिका ६६ जना र पनौती नगरमा ६६ र धुलिखेल नगरमा ६२ जनालाई डेंगु रोग लागेको जानकारी प्राप्त भएको छ । त्यसैगरी भुम्लु गाउँपालिकामा २९ जना , मण्डनदेउपुर नगरपालिकामा २९ जनालाई डेंगु रोग लागेको छ । नमोबुद्ध नगरमा १२ जना , रोशी गाउँपालिकामा १० जना , वेथानचोक गाउँपालिकामा ३ चौरीदेउराली गाउँपालिकामा २ जना लाई डेंगु रोग लागेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार