२०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024

प्रथम वडा स्तरीय फुटबलको उपाधी तामाघाट युवा क्लवलाई


२७८३ पाठक संख्या
  • २०८१ कार्तिक ७, बुधबार मा प्रकाशित ७ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरमा प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता आज ( बुधबार) सम्पन्न छ ।

    राष्ट्रको लागि खेलकुद ‚ स्वास्थ्यको लागि खेलकुद भन्ने मुल नाराका साथमा ७ दिन सम्म सञ्चालन भएको प्रथम वडा स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन कार्तिक १ गते विहिबार पाँचखाल नगरपालिका वडा नं ४ का वडा अध्यक्ष सुन्दर लामाले गर्नुभएको थियो ।

    लगातार ७ दिन सम्म सञ्चालन भएको उक्त प्रतियोगितामा पाँचखाल नगरपालिका वडा नं ४ मा रहेको तामाघाट युवा क्लवले उपाधी चुमेको छ । प्रथम उपाधी हासिल गरेको क्लवलाई नगद पुरस्कार ५० हजार सहित ट्रफि प्रदान गरिएको थियो । सो नगद सहिदको प्रथम पुरस्कारको व्यवस्था समाजसेवी एवं व्यवसायि गोबिन्द थपलियाले गर्नुभएको थियो । त्यसैगरी दोस्रो स्थान हासिल गर्ने पाँचखाल वडा नं ४ मा रहेको ब्राइट स्टार युवा क्लव रहेको छ । दोस्रो स्थान हासिल गर्ने क्लवलाई नगद २५ हजार सहित ट्रफिको व्यवस्था गरिएको थियो । सो नगद सहितको पुरस्कारको व्यवस्था युवा व्यवसायी हरिकुमार ठकुरीले गर्नुभएको थियो । पाँचखाल नगरपालिका वडा नं १२ मा रहेको आँपघारी युवा क्लवले तेस्रो स्थान हासिल गरेको थियो । तेसो स्थान हासिल गर्ने क्लवलाई नगद १० हजार सहित ट्रफिको व्यवस्था गरिएको थियो । सो पुरस्कारको व्यवस्था पाँचखाल नगरपालिका वडा नं ४ का वडा अध्यक्ष सुन्दर लामाले गर्नुभएको थियो ।

    पाँचखाल नगरपालिका प्रमुख महेश खरेलको प्रमुख अतिथ्यतामा समापन भएको कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं ४ का वडा अध्यक्ष सुन्दर लामाले बिशेष अतिथिको भूमिका निर्वाह गर्नुभएको थियो भने वडा नं ७ को वडा अध्यक्ष राम कृष्ण दंगाल , वडा नं १२ को वडा अध्यक्ष ज्ञान वहादुर दनुवार , समाजसेवी एवं व्यवसायी गोविन्द थपलिया , युवा व्यवसायी हरि कुमार ठकुरी , सञ्चारकर्मी इश्वरी राजकुमार मैनाली , पाँचखाल प्रहरी चौकी प्रमुख किशोर कुमार वुडाथोकी लगायतको अतिथिहरुको उपस्थिति रहेको थियो ।

    पाँचखाल नगरपालिका वडा नं ४ तामाघाटमा रहेको तामाघाट युवा क्लबको ायोजनामा भएको उक्त प्रथम वडा स्तरीय फुटबल प्रतियोगितामा बिभिन्न १३ टिम सहभागि भएका छन् । खेल आयोजक तामाघाट युवा क्लबका अध्यक्ष सूर्य बहादुर राईको सभापतित्व तथा सुनिता लुङ्वा बाट सञ्चालित कार्यक्रममा आर्थिक तथा भौतीक सहयोग साथै सुरक्षा प्रदान र खेल सफल पार्नको लागि योगदान पुर्याउनेहरुलाई सम्मान गरिएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार