२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

पेस्तोल र गोलीसहित २ जना पक्राउ


२६५३ पाठक संख्या
  • २०८१ कार्तिक १०, शनिबार मा प्रकाशित १ दिन अघि
  • रौतहट । रौतहटस्थित सशस्त्र प्रहरीको टोलीले नलकटुवा पेस्तोल र गोलीसहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कटहरिया नगरपालिका ३ का वर्ष २६ का कमोद राम चमार र वर्ष ४४ को नेमालाल साह बानिया रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताए ।

    शुक्रवार साँझ गुजारा नगरपालिका ३ धन्सार गेट नजिकै विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल प्रधान कार्यालय, ईन्टेलिजेन्ट ब्युरो र सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटबाट गएको संयुक्त टोलीले ज ४ प नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो।

    चेकजाँचको क्रममा मोटरसाइकलमा सवार चमार र बनियाको साथ बाट १ थान नलकटुवा पेस्तोल र ३ थान ७.६२ एमएमको गोली बरामद भएको एसपी हुमागाईंले जानकारी दिए। उनीहरूमाथि थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार