२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

धारिलो हतियार प्रहारबाट एकको हत्या


२२११ पाठक संख्या
  • २०८१ कार्तिक ११, आईतबार मा प्रकाशित १२ घण्टा अघि
  • ११ कात्तिक, काठमाडौं । बारामा अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरेको छ ।

    महागढीमाई नगरपालिका–१ नैकाटोलमा स्थानीय ५० वर्षीय श्रीनारायण यादवको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

    गएराति करिब ८ बजे घर नजिकैको सडकमा उनीमाथि गर्धनमा धारिलो हतियार प्रहार भएको थियो । उनको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । यादवको हत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार