२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

 पाँचखालमा दोस्रो रनिङ सिल्ड प्रतियोगिताको सुरुवात‚ मार्चपासको उपाधि पाँचखाल भ्यालीलाई 


२४१९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ कार्तिक ११, आईतबार मा प्रकाशित ३ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित फुटबल मैदानमा पाँचखाल भ्याली संस्थागत विद्यालय अर्गनाइजेशन (भिसो) को रनिङ सिल्ड प्रतियोगिताको उद्‌घाटन भएको छ ।

    आज (आईतबार) पाँचखाल नगरका प्रमुख महेश खरेलले सो कार्यक्रमको उद्‌घाटन गर्दे सम्पूर्ण विद्यार्थी एवं आयोजक तथा सहभागि विद्यालयहरूलाई तीन दिन सम्म सञ्चालन हुने उक्त खेल सहज ‚ सभ्य र भव्य ढङ्गबाट सम्पन्नको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

    भिसोमा आबद्ध विद्यालयहरू मध्य १४ विद्यालयले सहभागिता जनाएका थिए । कार्यक्रममा सहभागि विद्यार्थीहरूले आफूहरूले हासिल गरेका कला सहित मार्च पास गर्दै नगर परिक्रमा गरिएको थियो । जसको कारण उपस्थित दर्शक एवं अतिथिहरूले नीजि विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको क्षमताको मुल्यांकन गर्ने अवसर जुटेको थियो ।

    रनिङ सिल हासिल गर्नको लागि तम्तयार भई उत्सुकताको साथमा सहभागि भएका विद्यार्थीहरू खेलकुदको क्रममा घाईते भएमा तत्काल उपचारमा समस्या आउन नदिनको लागि पाँचखाल नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ का वडा अध्यक्ष संजय तामाङले नगरको तफर्बाट एम्बुलेन्स उपलब्ध गराउनु भएको थियो ।  प्रवक्ता तामाङले आफ्नो मन्तव्यको क्रममा उक्त घोषणा गर्दै तुरुन्तै एम्बुलेन्स उपलब्ध भएको थियो । जसको कारण जनप्रतिनिधिहरूले नागरिकको संरक्षणमा अत्यन्तै चनाखो रहेको प्रस्टिएको छ ।

    पाँचखाल भ्याली संस्थागत विद्यालय अर्गनाइजेशन (भिसो) को अध्यक्ष विशाल घिमिरेको सहअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा काभ्रे प्याब्सनका अध्यक्ष श्याम भुजेल  र सचिव छवि रमण पराजुली ‚ सहभागि विद्यालयका प्रिन्सिपलहरू ‚ सञ्चारकर्मी ‚ पाँचखाल र आसपासका विद्यालयका प्रधानाध्यापक एवं प्रतिनिधिहरू‚ शिक्षासेवी ‚ समाजसेवी ‚ निर्णायक मण्डल ‚ शैक्षिक क्षेत्रका व्यवसायीहरू ‚ अभिभावकहरूको उपस्थिति रहेको थियो ।

    पाँचखाल भिसोका सचिव टिकाराम रम्तेल द्वारा सञ्चालित कार्यक्रममा भिसोका सल्लाहकार एवं नवप्रतिभा माध्यमिक विद्यालयका प्रिन्सिपल सरोज न्यौपाने स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । लगातार तीन दिन सम्म सञ्चालन हुने उक्त खेल प्रतियोगितामा विभिन्न विधामा गरी ५ दशक भन्दा बडी खेलहरू समावेश गरिने आयोजकले जनाएको छ ।

    खेलमा उत्सुकताका साथमा सहभागि जनाउदै विभिन्न झाँकी सहित मार्चपास सहित पाँचखाल बजार परिक्रमा गर्दै कार्यक्रम स्थलमा समेत मार्चपास गर्नेहरू मध्य पाँचखाल भ्याली माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ । त्यसैगरी गोल्डेन फ्युचर माध्यमिक विद्यालय दोस्रो ‚ इन्देणी विद्यामन्दिर माध्यमिक विद्यालय तेस्रो र सरस्वती शिक्षा गृह माध्यमिक विद्यालयले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार