२०८१ कार्तिक १२, सोमबार | Mon, 28, Oct, 2024

तिहारमा प्लास्टिकका फूल प्रतिबन्धित


१४५७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ कार्तिक १२, सोमबार मा प्रकाशित २ घण्टा अघि
  • १२ कात्तिक, काठमाडौं । फूलहरूको पर्व तिहार सुरु भएसँगै बजारभरि छ्याप्छ्याप्ती प्लास्टिकका प्रतिबन्धित फूल देखिन थालेको छ ।

    यसले प्राकृतिक फूल ओझेलमा पर्ने देखिएको छ । सरकारले नेपालभरि प्लास्टिकको फूल गुच्छा उत्पादन, आयात र बिक्री वितरणमा रोक लगाएको छ ।

    सहरमा प्लास्टिकको फूल, माला पाउनु सामान्य झैं देखिन्छ । उपत्यका सहित वीरगञ्ज, हेटौंडा, गौर, जनकपुर, विराटनगर, बुटवल, नेपालगञ्ज जस्ता ठूला सहरमा समेत यसको नियन्त्रण भइरहेको देखिँदैन । अहिले बजारभरि प्रतिबन्धित प्लास्टिकको फूल देखिन थालेको हो । प्लास्टिकका फूल धेरै देखिन थालेपछि स्थानीय तहले सूचना निकालेर नियमन गर्न थालेका छन् ।

    काठमाडौं महानगरपालिकाले बिहीबार सूचना निकाल्दै प्लास्टिक तथा प्लास्टिकका पुष्पगुच्छा, माला प्रतिबन्ध गरेको भन्दै प्रयोग गरे कारबाही गर्ने जनाएको छ । एकल प्रयोगको प्लास्टिक, प्लास्टिकको फूल गुच्छा, माला बिक्री वितरण, भण्डारण, ओसारपसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातला झोला बिक्री, वितरण, भण्डारण, ओसारपसार तथा प्रयोगमा पूर्णरूपमा निषेध गरिएको हुनाले उक्त वस्तुहरूको उत्पादन, बिक्री वितरण, भण्डारण, ओसारपसार र प्रयोगमा प्रतिबन्ध लगाइएको’ सूचनामा छ ।

    यस्तै पाल्पा रामपुर नगरपालिकाले प्लास्टिकबाट बनेका फूल तथा माला बिक्री वितरणमा रोक लगाउने सूचना जारी गरेको छ । मकवानपुर थाहा नगरपालिकाले पनि सूचना निकालेको छ । कैलाली धनगढी उपमहानगरपालिकाले पनि प्लास्टिक निषेध गरिरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार