२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

करेन्ट लागेर एक सैनिकको मृत्यु, दुई जना घाइते


३६९३ पाठक संख्या
  • २०८१ कार्तिक २२, बिहिबार मा प्रकाशित १ हफ्ता अघि
  • २ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–८ दोभानमा करेन्ट लागेर एक सैनिकको मृत्यु भएको छ ।

    सडक निर्माण कार्यदल सिस्नेरी बेसक्याम्पमा कार्यरत  डडेलधुरा गन्यापधुरा गाउँपालिका–१ घर भएका लेसनायक २९ वर्षीय पदमबहादुर दियालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    बिहीबार बेसक्याम्पमा सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाइटेन्सन लाइनको तारमा पाइपले छुँदा दियाललाई करेन्ट लागेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । दियालको शव पोष्टपार्टमको लागि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा पठाइएको छ ।

    करेन्ट लागेर बेस क्याम्पमै कार्यरत डडेलधुरा अमरगढी नगरपालिका–२ घर भएका लेसनायक २९ वर्षीय विनोद केसी, पाल्पाको रामपुर नगरपालिका–६ घर भएका सिपाही २१ वर्षीय युवराज कुमाल घाइते भएका थिए ।

    उनीहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत नेपाली सेनाको अस्पताल छाउनी पठाइएको डीएसपी अर्यालले बताए । उनकाअनुसार केसी र कुमालको स्वास्थ्य अवस्था मध्यम रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार