२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्दा कर्मचारीहरु उत्रिय आन्दोलनमा


१५८७ पाठक संख्या
  • २०८१ मंसिर ११, मंगलबार मा प्रकाशित २ घण्टा अघि
  • बाँके ११ मंसिर । बाँकेको नरैनापुर गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीको कानुन विपरीत सरुवा भएको भन्दै स्थानीय कर्मचारी र स्थानीयहरु आन्दोलित भएका छन् ।

    गाँउपालिकाले सरुवा रोक्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको जनाएको छ । गाँउपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजु कुमार गुप्ता संग फोनका कुरा गर्दै प्रमुख प्रशासकीय अधिकृत जनक लाल चौधरीको सरुवा रोक्न अनुरोध गरेका हुन् ।

    नरैनापुर गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा (पदस्थापन) गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय कानून विपरीत भई त्रुटिपूर्ण भएको भन्दै गाँउपालिकाका अध्यक्ष शाहले उक्त निर्णय बदर गरिदिन मन्त्री गुप्ता र सचिव भरत मणि सुबेदी संग अनुरोध गर्नु भएको छ ।

    नरैनापुरका अध्यक्ष शाहले भन्नुभयो,‘निजामती सेवा ऐन, २०४९ को दफा १८ को उपदफा ३ मा “‘निजामती कर्मचारीको सरुवा गर्दा सम्बन्धित अख्तियारवालाले सामान्यतः वर्षमा एकपटक कम्तीमा दुई वर्षको लागि सरुवा गर्नु पर्दछ” भन्ने व्यवस्था रहेको छ । सोही ऐनको दफा १८ को उपदफा १२ मा यस दफा विपरीत भएको सरुवा सामान्य प्रशासन मन्त्रालयले रद्द गर्न सक्नेछ र यदि सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएको रहेछ भने नेपाल सरकार मन्त्रिपरिषद्ले रद्द गर्नेछ भन्ने व्यवस्था रहेको हुँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस नरैनापुर गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा (पदस्थापन) गर्ने निर्णय कानून विपरीत भई त्रुटिपूर्ण भएको हुँदा उक्त निर्णय बदर गरिदिनु हुन अनुरोध गर्दछु ।,’ उहाँले सामान्य प्रशासन मन्त्रालयले सरुवा रद्द नगरे गाँउपालिकाले नयाँ प्रमुख प्रशासकिय अधिकृतलाई हाजिर हुन नदिने उल्लेख गर्नु भयो ।

    यता नरैनापुर गाँउपालिकाका कर्मचारीहरुले केही राजनितिक स्वार्थका कारण प्रमुख प्रशासकिय अधिकृतको सरुवा गरेको भन्दै मंगलबार गाँउपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाउदै सरुवा तत्काल रोक्न माग गरेका छन् । कर्मचारीहरुले सरुवा नरोकिए आफू चरणबद्ध रुपमा आन्दोलन गर्न माध्य हुने चेतावनी दिएका छन् ।
    यस्तै नरैनापुरका स्थानीयहरुले गाँउपालिका अध्यक्षको सहमति बिना मन्त्रालयले गरेको सरुवाको कडा शब्दमा निन्दा गरेका छन् । गाँउपाालिकामा भ्रष्टचार निम्तीयाउनका लागि प्रमुख प्रशासकिय अधिकृतको सरुवा गरिएको भन्दै तत्काल सरुवा रोक्न माग गरेका छन् । स्थानीयहरुले नयाँ प्रशासकिय अधिकृतलाई नरैनापुरमा प्रवेश गर्न नदिने चेतावनी समेत दिएका छन् ।

    मन्त्रालयले २०८१ मंसिर ९ मा चौधरीलाई सरुवा गरी उनको ठाउँमा प्रमुख प्रशासकिय अधिकृत नवराज वलीलाई खटाएको थियो । चौधरीको सरुवा कानून विपरीत भएको अध्यक्ष शाह बताउँदै आउनु भएको छ । अध्यक्ष शाहले स्थानीय नागरिक र कर्मचारीहरु नै आन्दोलनमा होमिएकोले वलीलाई हाजिर गराउन नसक्ने जानकारी गराउनु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार