२०८१ मंसिर १९, बुधबार | Wed, 04, Dec, 2024

काभ्रेपलाञ्चोकका बालबालिकालाई न्यानो कपडा वितरण


४५७७ पाठक संख्या
  • २०८१ मंसिर १८, मंगलबार मा प्रकाशित १८ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं–३, चरुवा र भेडाबारीका बाढीपहिरो प्रभावित एक सय २३ बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

    बालबालिकालाई चिसोबाट जोगाउनको लागि शिष्टता वर्ल्ड स्कूल र Innerwheel Club of Tokha को सहकार्य तथा ग्रामीण पाठशालाको समन्वयमा उक्त न्यानो कपडा वितरण गरिएको हो ।
    न्यानो कपडा वितरण कार्यक्रम श्रीराम माध्यमिक विद्यालय चरुवाका प्रधानाध्यापक नवीन जङ्ग शाहिको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा शिष्टता वर्ल्ड स्कूलका फाउन्डर प्रिन्सिपल एवं Innerwheel Club of Tokha की चार्टर प्रेसिडेन्ट शर्मिला के.सी., Innerwheel Club of Tokha की वर्तमान प्रेसिडेन्ट आयुष्मा पाठक, शिष्टता वर्ल्ड स्कूलका शिक्षिका, र ग्रामीण पाठशालाका संस्थापक प्रिन्सिपल बिदुर शर्मा भण्डारी विशेष अतिथिका रूपमा सहभागी रहेको थियो ।

    कार्यक्रममा बाढीपहिरोबाट प्रभावित बालबालिकालाई न्यानो कपडा वितरण गरिनुका साथै उनीहरूको दैनिक जीवनयापनलाई सहज बनाउन योगदान पु¥याउन सकिने विषयमा चर्चा गरियो । श्रीराम मा.वि., कलिका प्रा.वि., र महाँकाल मा.वि.का विद्यार्थीहरूले यस अवसरमा न्यानो कपडा पाए ।

    शिष्टता वर्ल्ड स्कूलकी फाउन्डर प्रिन्सिपल शर्मिला के.सी.ले भन्नुभयो, “बालबालिकाहरूलाई शिक्षासँगै तातोपन र सुरक्षा दिनु हाम्रो सामाजिक जिम्मेवारी हो । बाढीपहिरोले थलिएका बालबालिकाको जीवन सहज बनाउनु हाम्रो सानो प्रयास हो । उक्त सहयोगले बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार