२०८१ पौष ३, बुधबार | Wed, 18, Dec, 2024

के.यूको विद्यार्थी पाँचखाल स्थित सरस्वती शिक्षा गृहमा


५४३५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ मंसिर २०, बिहिबार मा प्रकाशित १ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा रहेको काठमाडौ विश्वविद्यालयको पाँचखाल शाखा बी टेक आर्टिफिसियल इटेलिजेन्स एआइ अध्ययनरत विद्यार्थीहरुले पाँचखालमा रहेको सरस्वती शिक्षा गृह माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई आफुले जानेको ज्ञान बाँडेका छन् ।

    के.यू पाँचखाल शाखा बी टेक आर्टिफिसियल इटेलिजेन्स एआइमा अध्ययनरत २६ विद्यार्थी मध्य ५ जना विद्यार्थीहरुले पाँचखालमा आफ्नो छुट्टै ढंगको पहिचान कायम गर्न सफल सरस्वती शिक्षा गृह माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत ४० जना विद्यार्थीहरुलाई बी टेक आर्टिफिसियल इटेलिजेन्स एआइको बारेमा जानकारी गराएका थिए ।

    के.यू पाँचखाल शाखामा आर्टिफिसियल इन्टेलिजेन्समा अध्ययनरत विद्यार्थीहरुले आफुहरुले हासिल गरेको ज्ञान वाड्ने क्रममा विभिन्न विद्यालयमा पुग्ने गरेका छन् । सोहि अनुसार पाँचखालमा रहेको सरस्वती शिक्षा गृह माध्यमिक विद्यालय छनोटमा परेको हो । के.यूका विद्यार्थीहरुले प्रदान गरेको ज्ञानलाई सरस्वतीका विद्यार्थीहरुले अनुसासित ढंगबाट अन्तरक्रियात्मक ढंगबाट आफुहरुले सिकेका ज्ञानहरु आदान प्रदान गरेका थिए ।

    २०२४ मा स्थापना भएको, काठमाडौं विश्वविद्यालयमा DoAl, नेपालमा उच्च शिक्षाको अववल मानिन्छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र यसको प्रयोगमा ज्ञान र अनुसन्धानलाई अगाडि बढाउने बिषयलाई प्राथमिकता दिदै आएको छ । जसको लागि KUAIC, 2022 मा स्थापित एक विद्यार्थी–संचालित संस्था हो जुन कृत्रिम बुद्धिमत्तामा अनुसन्धान र विकासलाई प्रवर्द्धन गर्न समर्पित छ । KUAIC ले आफ्ना सदस्यहरूको लागि रचनात्मक र सहयोगी वातावरणलाई बढावा दिएर शिक्षा र उद्योगबीचको खाडललाई कम गर्ने लक्ष्यका साथ अगाडि बढेको छ । क्लबले प्रविधिमा आविष्कार र सीप विकासलाई प्रोत्साहित गर्न सम्मेलन, ह्याकाथन र वर्नोनप जस्ता अल–सम्बन्धित कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

    Al Meet 24 ले एक रोमाञ्चक अल फेस्ट प्रदान गर्दै आएको छ । नवप्रवर्तन र प्रविधिको एक दिन लामो उत्सव । सबै तहका उत्साहीहरूका लागि तयार पारिएको प्राविधिक प्रदर्शनीमा अत्याधुनिक प्रगतिहरू अन्वेषण लागि उत्प्रेरित डिजाइनका साथमा रोमाञ्चक प्रतियोगिताहरूमा आफ्नो सीपहरू प्रदर्शन गर्ने बिषयमा दत्तचित्तका साथ अगाडि बढेका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु