काठमाडौँ– भक्तपुरको सूर्यबिनायक नगरपालिका–२ स्थित बालकोटमा मृत भेटिएका कुल प्रसाद आचार्य र छोरा प्रबिन आचार्यलाई परिवारकै सदस्यले हत्या गरेको पुष्टि भएको छ । बुवा र भाइको ‘हत्या मैँले गरेको हुँ’ भन्दै कुलप्रसादका जेठा छोरा मिलन आचार्यले प्रहरीमा आत्मसमर्पण गरेका छन् ।
मिलनले प्रहरी वृत्त महराजगञ्जमा आत्मसमर्पण गरेको उपत्यका प्रहरी कार्यालयका एकजना उच्च अधिकृतले बताए । सोमबार खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ घर भएका ५६ वर्षीय कुल प्रसाद आचार्य र कान्छो छोरा २२ वर्षका प्रबिन आचार्य मृत भेटिएका थिए । जेठा छोरा मिलन फरार थिए ।
कुल प्रसादको टाउको पछाडि र कानमा चोट देखिएको छ । प्रहरीमा आत्मसमर्पण गर्दै मिलनले भनेका छन्, ‘भाइ र बुवालाई मैले हत्या गरेको हुँ ।’
प्रतिक्रिया दिनुहोस