काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको जिल्लाको धुलिखेल चोकमा तेमाल गाउँपालिका वडा नम्बर ९, चोपटार निवासी सोमरानी तामाङलाई अज्ञात समूहले सुन लुटपाट गरेको छ ।
घटनाको विवरण अनुसार, दुई जना व्यक्तिले पीडितलाई नक्कली सुनको डल्लो देखाउँदै “यो सुन हो, एक हजार रुपैयाँ दिनुहास” भनेर छलकपट गरेका थिए । यस क्रममा, पीडितको एक तोला सुन र एक हजार रुपैयाँ लुटेर अज्ञात समूह फरार भएका छन् ।
यस प्रकारको लुटपाटले सर्वसाधारणलाई झुक्याउने र ठगी गर्ने नयाँ शैलीको संकेत गर्दछ । घटनाले धुलिखेल क्षेत्रको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ । पीडित परिवारले घटनाबारे गहिरो अनुसन्धान गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।
सुरक्षा निकायले घटनाबारे छानबिन सुरु गरिसकेको छ । दोषी पहिचान र पक्राउका लागि विभिन्न प्रमाण संकलन भइरहेको प्रहरी स्रोतले जनाएको छ । यस घटनाले सर्वसाधारणलाई अपरिचित व्यक्तिसँग आर्थिक वा अन्य प्रकारका लेनदेन गर्दा सतर्क रहन सन्देश दिएको छ । यस प्रकारका घटनाबाट बच्न, अपरिचित व्यक्तिहरूसँग सुन वा अन्य मूल्यवान वस्तुहरूको कारोबार नगर्न सुझाव दिइएको छ ।
स्थानीय बासिन्दाले यस्ता ठगी र लुटपाट रोक्न प्रहरी प्रशासनले थप सतर्कता अपनाउनुपर्ने बताएका छन्। दोषीलाई कानूनी कारबाही गरी भविष्यमा यस्ता अपराध रोक्न कडा कदम चालिनुपर्ने आवाज उठाइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको र दोषी पत्ता लगाउने प्रयास भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस