२०८१ पौष १७, बुधबार | Wed, 01, Jan, 2025

काभ्रेको साँगामा हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण


३३२९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ पौष १४, आईतबार मा प्रकाशित २ दिन अघि
  • पुस १४ गते काभ्रेपलाञ्चोक ।। काभ्रेपलाञ्चोकको साँगामा हेली एभरेस्टको हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण भएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले उडिरहेको हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गर्नुपरेको जानकारी दिनुभयो ।

    प्रवक्ता शेर्पाले हेलिकोप्टरमा चरा ठोक्किए पनि पाइलट र विमानमा सवार यात्रु सुरक्षित रहेको बताउनुभयो । उक्त विमानमा ६ जना यात्रु सवार थिए ।

    उहाँले भन्नुभयो, ‘‘विमानमा अन्य कुनै समस्या नभएको, चरा ठोक्किएका कारण पाइलटले हेलिकोप्टरलाई आकस्मिक अवतरण गर्नुभएको हो । पाइलटसहित विमानमा सवार सबै यात्रु सुरक्षित हुनुहुन्छ ।’’ उक्त हेलिकोप्टर लुक्लाबाट काठमाडौं आउँदै गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार